इदुल फित्रको विशेषता र कोरोना प्रकोपमा ईद

विदुर खबर २०७७ जेठ १२ गते १४:३८
सल्मा बेगम

                           सल्मा बेगम

इस्लाम धर्मालम्बीहरुको महान पर्व इदुल फित्र ,एक महिना लामो रमजानको रोजा (उपसना) पछिको अन्तिम दिन रोजा तोडेर हर्ष उल्लासका मनाइने पर्व हो।जहाँ इद्को अर्थ हुन्छ उत्सव या पर्व र उलफितर को अर्थ हिन्छ उपहास तोडनु ।इदुल फित्र विशेष गरि इस्लामिक पात्र अनुसार दसौं महिना को पहिलो दिन (साबल) जुन नबौ महिना रमजान को अन्त्य सङै आकास मा नया अर्धचन्द्रमा उदायपछी इदुल फित्र सुरु भयको मानिन्छ।समान्य तया रमजान महिना को 29 या 30औ रोजा पछी नै इद मनाउने चलन छ।यसै गरि अल्लाह का नबि( स) ले भन्नू हुन्छ “महिना 29 दिनको पनि हुन सक्छ,त्यसैले तिमीहरु रमजान महिनाको चन्द्रोदयलाई हेरेर रोजा राख र चन्द्रोदयलाई हेरेर रोजाको महिना समाप्त गर ,यदि बादल छायो र चन्द्रोदय देख्न सकेन भने गन्ती को 30 दिन पूरा गर “[मुस्लिम 2368]

Advertisement

इद पर्व निश्चय नै एक महिना कठोर उपबास पूरा गरेका मुस्लिमहरुको लागि नया सुरुवाती दिन हो, जुन लामो समयको भोक ,प्यास,त्याग,तपस्या ,प्रलोभन बिरुद्ध लड्छ, जीवनमा आइपर्ने परिछयाहरुसङ लड्ने शक्ति हासिल गर्छ,र आफ्नु बर्ष भरी गरियका पापहरु पुन्यमा परिबर्तन गराइ आगमी दिनहरुमा सहि मार्गदर्शनमा हिड्न प्रेरणा दिलाउछ।

इस्लाममा इदको दिन मात्र एउटा यस्तो दिन हो जुन उपबास वबस्नको लागि अनुमानि छैन।इद पर्व विशेष गरि 3दिन सम्म मनाइन्छ।इदको पहिलो दिन मुख्य इद र अरु दिन छोटे इद भन्ने गरिन्छ।अर्धचन्द्रमा आकासमा देखिय पछि इद सुरु हुन्छ।इद को दिन मुस्लिमहरु बिहान सुर्यदय भन्दा भन्दा अगाडि उठेर सलाउतुल फजिर (दैनिक प्राथना) को नमाज पढ्ने गर्छन,त्यसपछी गुसल (बिधिवत स्नान) गरि, नया पहिरन र अत्तर लगाउने चलन छ। नयाँ कपडा नभयको खण्डमा आफू सङ भयको मध्य सबै भन्दा उत्तम र सफा कपडा लगाउनु उचित हुन्छ।त्यस पछि एक जोडी खजुर या सेवाइ खायर आफ्नु एक महिने लामो उपबास तोड्ने चलन छ।त्यसपछि उनिहरु इदगाह या आफ्नु गाउँ शहरको सबै भन्दा ठुलो  मस्जिदमा पुगेर इदुल फितर को सामुहिक नमाज पढ्ने गर्दछ्न।इदुल फित्रको नमाज इदगाहमा (इद्को नमाज पढ्न बनाइयको खुल्ला ठाउँ )पढ्नु सुन्नत मनिन्छ।इदगाहमा सबै नारी र पुरुष (अलग अलग समुहमा )साथै बच्चाहरु र यहाँ सम्म कि पबित्र नभएका नारिहरु पनि इदगाह जान सक्छ, नमाज पढ्न सक्दैनन तर दुवा/प्राथनामा सहभागी हुन सक्छन।

Advertisement

इदुल फित्र को नमाज पश्चात् उनीहरु एकआपसमा अन्कमाल  गरेर शुभकामना आदनप्रदान गर्ने गर्छन।साथै आफ्नु भन्दा ठुलाबडाको आशिर्वाद लिन आफन्तजनको घर जाने गरिन्छ।इदको दिन विशेषगरि सेवाइ लगायतका मिठाइ ,बिर्यानी लगायत का परिकारहरु बनाउने गरिन्छ।आफ्नु  आफन्त नजिकका नातेदार तथा साना बालबलिकाहरुलाइ इदि लगायत अन्य उपहार पनि दिने चलन छ।यसरी इदको दिन ठूलो, सानो ,धनी ,गरिब सबै एकै ठाउँ बसेर एकै समय एकै साथ अल्लाहको प्राथना तथा नमाज पद्ने भयकोले आपसी भाइचारा,समानता र एकता को सन्देस पनि एस्ले दिन्छ।यसमा पैगम्बर मुहम्मद बताउनु हुन्छ “इद एकताको दिन हो,त्यसैले अल्लाह माथी बिश्वास कायम गर,उहाको प्रसंशा  गर र धन्यवाद देउ,इद नै पहिलो दिन हो जुन दिन उज्यालोमा फेरि एकपटक खाने र पिउने अनुमति दिइन्छ”

यसैगरी गरी इदुल फित्र को अर्को महतत्वपूर्ण पाटो भनेको जकात र सदकातुल फित्र निकाल्नु पनि हो।जकात को अर्थ हुन्छ पवित्र गर्नु वा सुद्द बनाउनु हो। अर्थात् मुस्लिमहरु एक वर्ष भरि कमाएको या बचत गरेको साढे सात तोला सुन, वा 52 तोला चाँदी र त्यस बराबर चालू बजार भाउ अनुसार 2.5% नगद वा जिन्सी दान गर्नु पर्ने विधान कुरानमा उल्लेख गरिएको छ।यो दायित्व पूरा गरे पछि मात्र आफ्नो सम्पति पवित्र हुने विश्वास गरिन्छ।जकात निकाल्दा कयामत  (प्रलय) को दिन प्रकाशपुन्ज  हुने ,आफ्नो सम्पति अल्लाहको संरक्षणमा रहने, त्यस्तै सम्पति वृद्धि हुने पनि विश्वास गरिन्छ। जकात नगद र जिन्सी समानहरुमा मात्र नभई घर पालुवा जनावर जस्तै बाख्रा,गाई,गोरु,भैंसी उट लगायत  अन्नको उब्बजनीमा माटोको क्षमताको हिसाबले समेत जकात निकाल्नु पर्छ।यसरी जकात आयश्रोत नहुने गरिबहरूको पालनपोषणमा,आफै आर्जन गर्न नसक्ने नीसाहाराको सहायता, ऋण तिर्न असछयम ऋणीको कर्जा चुत्ता गर्ने,यात्रु हरु को खाना तथा यात्र खर्चमा ,अल्लाह को मार्गमा र इस्लामिक शिक्षा दिने मद्रसा मस्जिद लगायत ,गरीब विधुवा हरुको हक जकात मा रहन्छ। 

Advertisement

इदुल फित्र को नमाजपुर्ब  प्रत्यक व्यक्तिले आफ्नो गच्छे अनुसार गहुँ वा सो सरह बराबरको नगद दान गर्नु सत्तकाय  फित्र हो।सो दान घरको मूल व्यक्तिले घरका सबै साना देखि ठूला पुरुष महिला लगायत  आमाको पेटमा रहेको बच्चा को पनि फित्रा निकाल्नु पर्छ।यसरी फित्र परिमाण जिन्सी मालमा खाध्यान्न को 2.5kg मूल्य बराबरको पैसा गरिबहरू लाई बितरण गरी सक्नु पर्छ।

 अल्लाह का सन्देस्टा मुहम्मद (स.) “सदका (दान ) गर ,यस्ले पापहरु यसरी मेटाइदिन्छ जसरी पानिले आगोलाइ बिभाइदिन्छ।”[तिर्मिज 2616]।

यस सद्काबाट रमजान महिना मा भयका सानातिना गल्ती हरु माफ हुने विश्वास गरिन्छ।

इदुल फित्रको आफ्नै विशेषता,महत्व ,नियमहरू रहेता पनि यो वर्ष भने मुस्लिमहरुले विधिवत् रूपमा इद मनाउन पाउने छैनन। covid 19 को महामारीमा लड्दै आएका विश्व समुदाय को समर्थन गर्दै,गत 2 महिना देखि मुलुक लकडाउनको अवस्था मा छ।यसरी मुस्लिम समुदाय पनि राज्यको आदेश को पूर्ण पालन गर्दै पवित्र महिना रमजान मा गरिने सम्पूर्ण  कार्यहरु  ,नमाज ,इफतार, सेहेरि,तरावी नमाज ,जुम्मा, अल्बिदा जुम्मा एत्काफ  लगायत का सम्पुर्ण बिधिहरु  घर बाटै पूरा गरेका थिय र अब इदुल फित्र को नमाज र कार्य बिधिहरु पनि राज्यले दिएको आदेशको पूर्ण पालना गर्दै नेपाली मुस्लिम हरु आफ्नो खुसीको त्याग गरी जो जहां छ त्यही सामाजिक दूरी कायम गरेर नफिल नमाज अदा गरेका छन।ईस्लाम धर्म को उदय पश्चात् सायद यो नै पहिलो नमाज होला जो यसरी बन्दाबन्दीको बिच मस्जिद समेत लक गरि घरैमा नमाज (प्रथना) पद्नु पर्ने बाध्यता रहेको । यसमा अल्लाह का रसुल मुहम्मद(  स )ले भन्नु हुन्छ” यदि तिमीले कुनै पनि ठाउँ मा महामारी फैलिएको सुन्यौ भने त्यहाँ नजाऊ ,यदि तिमी बसेको ठाँउ मा महामारी फैलियो भने त्यस ठाउँ लाई छोडेर नजाऊ”।[ बुखरी 5728]

तर्सथ कुनै पनि महामरी फैलन नदिनु आफू महामारी बाट बचेर आफ्नु परिवार र समाज लाई बचाउनु पनि धर्म हो।त्यसैले बिना निरासा हामीले रास्ट्रहित को लागि राज्यको आदेश को पालना गर्नु हाम्रो कर्तव्य हो। राज्यले हामीलाई व्यतिगत दूरी कायम गरी कोरोना प्रकोप नियन्त्रण गर्नु भनेको हो तर्सथ ,सामाजिक एकता र आपसी भाइचारा कायम गर्दै शुभकामना, आशीर्वाद ,दुवा ,प्रेम भने हामी अवस्य बाड्न सक्छौं।अहिलेको अवस्था मा जे सम्भव छ,त्यही र त्यस्तै  परिकारहरू ,पुरानै र सफा लुगा लगाई इद हामी मनाउने छौं।आफ्नो हैसियत अनुसार गरीब दिन दुःखी लाई दान र अल्लाह संग आज सम्म भयका हरेक पाप र गल्तीको लागि क्षमा याचना गरी,सत्मार्ग र सद्बुद्धि को लागि दुवा माग्नेछौ।यो कोरोना भाइरसको अन्त्य अबस्य छिटै हुनेछ र हामी सबै फेरि हाम्रो पुरानो दिनचर्या मा फर्कने छौं।

कोरोना रोगीहरुको लागि सिघ्र स्वास्थ लाभको कामना गर्दै सम्पूर्ण मानव जगत कोरोना भाइरस बाट सुरक्षित होस् भनी प्रार्थना गर्ने छौं। फेरि पनि सम्पूर्ण इस्लाम धर्मालम्बीहरु लाई इदुल फित्र को धेरै धेरै शुभकामना।

लेखक बेगम नुवाकोटको त्रिशुली बजारमा बसोबास गर्दै आइरहनु भएको छ । 

प्रतिक्रिया