रसुवामा सेल्फ क्वारेन्टाइनमा बसेकाहरुको आजदेखि आरडिटी परिक्षण सुरु

विदुर खबर २०७७ जेठ ७ गते १६:१२

रसुवा । रसुवामा सेल्फ क्वारेन्टाइनमा बसेकाहरुको आजदेखि आरडिटी परिक्षण सुरु गरिने भएको छ ।

Advertisement

बाहिरी जिल्लाबाट रसुवा प्रबेश गरि जिल्लाको ५ वटै गाउँपालिकामा सेल्फ क्वारेन्टाइनमा बसिरहेकाहरुको आरडिटी परिक्षण गरिने भएको हो । जिल्लास्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्र रसुवाको बैशाख २१ गते बसेको बैठकको निर्णय अनुसार बिभिन्न जिल्लाबाट रसुवा प्रबेश गरी सेल्फ क्वारेन्टाइनमा बसी १४ दिन पुरा भएका व्यक्तिहरुको आरडिटी परिक्षण गरिने जनाइएको छ ।

काठमाण्डौ, संखुवासभा, कैलाली र इलामबाट जिल्ला आएका ४ सय ४४ जनाको आरडिटी परिक्षण गर्ने तयारी छ ।
आरडिटी परिक्षण गर्नका लागि कोरोना क्राईसिस म्यानेजमेन्ट सेन्टरले सुचना निकालेर मिति र स्थान तोकेको छ ।

Advertisement

प्रतिक्रिया