रसुवामा सेल्फ क्वारेन्टाइनमा बसेकाहरुको आजदेखि आरडिटी परिक्षण सुरु
विदुर खबर
२०७७ जेठ ७ गते १६:१२
रसुवा । रसुवामा सेल्फ क्वारेन्टाइनमा बसेकाहरुको आजदेखि आरडिटी परिक्षण सुरु गरिने भएको छ ।
बाहिरी जिल्लाबाट रसुवा प्रबेश गरि जिल्लाको ५ वटै गाउँपालिकामा सेल्फ क्वारेन्टाइनमा बसिरहेकाहरुको आरडिटी परिक्षण गरिने भएको हो । जिल्लास्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्र रसुवाको बैशाख २१ गते बसेको बैठकको निर्णय अनुसार बिभिन्न जिल्लाबाट रसुवा प्रबेश गरी सेल्फ क्वारेन्टाइनमा बसी १४ दिन पुरा भएका व्यक्तिहरुको आरडिटी परिक्षण गरिने जनाइएको छ ।
काठमाण्डौ, संखुवासभा, कैलाली र इलामबाट जिल्ला आएका ४ सय ४४ जनाको आरडिटी परिक्षण गर्ने तयारी छ ।
आरडिटी परिक्षण गर्नका लागि कोरोना क्राईसिस म्यानेजमेन्ट सेन्टरले सुचना निकालेर मिति र स्थान तोकेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशका विभिन्न जिल्लामा एकै दिन ६ जनाको मृत्यु
एभरेष्ट कलरको आईपीओ बाँडफाँट
सार्वजनिक खरिद नियमावलीमा व्यापक सुधार आवश्यक छ : सांसद आचार्य
पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल





प्रतिक्रिया