रसुवामा बैंक तथा वित्तीय संस्थाको भिड

विदुर खबर २०७७ वैशाख १५ गते १७:१६

रसुवा । रसुवागढी नाका २०७२ सालमा सञ्चालनमा आएपछि रसुवा जिल्ला बैंक तथा वितिय संस्थाको रोजाइमा परेको छ ।

Advertisement

बैंक तथा वितिय संस्था खुल्ने क्रम रसुवामा अहिले बढेको छ । ग्लोबल आइमई बैक धुन्चे शाखाका प्रमुख ब्रजेश अर्यालयका अनुसार जिल्लाको बेत्रावति बजार देखि सीमावर्ती क्षेत्र टिमुरे सम्म आर्थिक कारेबार गर्ने बैंक एवम् वितिय संस्थाको संख्या २७ पुगेको छ ।

ग्लोबल आइमईको शाखा चार वटा, प्रमुख बैंकको तिन, नेपाल बंगलादेश बैंकको दुई, सानिमा बैंकको एक, एनएमबी बैंक अफ काठमाण्डौ, इन्भेष्टमेन्ट, माछापुच्छरे, सनराइज बैंकको शाखा एक/एक वटा सन्चालनमा रहेका छन् । यसै गरी रसुवामा सन्चालनमा रहेको अन्य बैंकमा आइसीएफसी फाइनान्स, प्राइम बैंक लुम्बिनी—विकास बैंक ज्योति विकास बैंक, हिमालयन बैंक, मेगा बैंक सिद्धार्थ बैंक, एनआइसी बैंकको पनि एक/एक वटा शाखा सन्चालनमा रहेका छन ।

Advertisement

सरकारी स्वामित्वमा रहेको नेपाल बैंक, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंक समेतको शाखा रहेका छन् । जिल्लाको पाँचवटा स्थानिय तह मध्ये कुमारी बैंकले आमाछोदिङमो गाउँपालिकाको चिलिमेको थाम्बुचेतमा ग्लोबल आइमईले नौकुण्ड गाउँपालिकाको पारच्याङर प्रभु बैंकले गोसाईकुण्ड गाउँपालिकाको लाङटाङ क्याङजेनमा शाखा सन्चालनमा ल्याएकोे छ ।

अधिकांश बैंकको दैनिक कारोबार न्युन रहेका कारण प्राय जसो बैंकले ऋण प्रवाह तर्फ बढि केन्द्रित भएर किसानको जग्गाको धित्तो जमानतमा व्याजी ऋणलाई प्राथमिक दिन थालेका छन् । अहिले सञ्चालनमा रहेका प्रायः बैंक ता संस्था बेत्रावति, कालिकास्थान, धुन्चे, स्याफ्रुवेशी र सोमबर्ति क्षेत्र टिमुरेमा केन्द्रीत रहेका छन् । विभिन्न पेशाबाट ग्रामिण किसानको आय वृद्धि गाराउन बैंकले ऋण प्रवाह गर्ने क्रममा धितो बन्धक गर्ने किसान को संख्या चार सय पुगेको जिल्ला मालपो कार्यालय रसुावले जानकारी दिएको छ ।

Advertisement

प्रतिक्रिया