रसुवाको तीन स्थानमा सशस्त्र प्रहरी अस्थायी बेस क्याम्प
रसुवा । जिल्लाका तीन स्थानमा सशस्त्र प्रहरी बलको अस्थायी बेस क्याम्प स्थापना गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनलाई पूर्णरुपमा प्रभावकारी बनाउन तीन स्थानमा अस्थायी क्याम्प स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । उनका अनुसार अस्थायी बेस क्याम्प लकडाउन अवधिभर रहने छ ।
‘कालिका गाउँपालिकाको कालिकास्थान, उत्तरगया गाउँपालिकाको बेत्रावती र नौकुण्ड गाउँपालिकाको पारच्याङमा अस्थायी बेस क्याम्प स्थापना गरिएको छ’ प्रजिअ भण्डारीले भने ।
जिल्ला सुरक्षा समिति बैठकको निर्णयबमोजिम सशस्त्र प्रहरीको अस्थायी क्याम्पहरु राखिएको हो । ती क्याम्पमा सशस्त्र प्रहरी खटिसकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्मका प्रहरी नायव उपरीक्षक किरण पौडेलले बताए । उनले कालिकास्थानमा ११ जना, पारच्याङमा ९ जना र बेत्रावतीमा ९ जना प्रहरी खटिएको बताए ।
गोसाइँकुण्ड गाउँपालिकाको धुन्चे र टिमुरे तथा आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेतमा यसअघि नै सशस्त्र प्रहरी स्थापना भएको छ । लकडाउनलाई पूर्ण प्रभावकारी बनाउन गाउँपालिका र नेपाल प्रहरीसँग साझेदारी हुने प्रजिअ भण्डारीले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया