रसुवाको तीन स्थानमा सशस्त्र प्रहरी अस्थायी बेस क्याम्प

विदुर खबर २०७७ वैशाख ६ गते २१:५७

रसुवा । जिल्लाका तीन स्थानमा सशस्त्र प्रहरी बलको अस्थायी बेस क्याम्प स्थापना गरिएको छ ।

Advertisement

कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनलाई पूर्णरुपमा प्रभावकारी बनाउन तीन स्थानमा अस्थायी क्याम्प स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । उनका अनुसार अस्थायी बेस क्याम्प लकडाउन अवधिभर रहने छ ।

 

Advertisement

‘कालिका गाउँपालिकाको कालिकास्थान, उत्तरगया गाउँपालिकाको बेत्रावती र नौकुण्ड गाउँपालिकाको पारच्याङमा अस्थायी बेस क्याम्प स्थापना गरिएको छ’ प्रजिअ भण्डारीले भने ।

जिल्ला सुरक्षा समिति बैठकको निर्णयबमोजिम सशस्त्र प्रहरीको अस्थायी क्याम्पहरु राखिएको हो । ती क्याम्पमा सशस्त्र प्रहरी खटिसकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्मका प्रहरी नायव उपरीक्षक किरण पौडेलले बताए । उनले कालिकास्थानमा ११ जना, पारच्याङमा ९ जना र बेत्रावतीमा ९ जना प्रहरी खटिएको बताए ।

Advertisement

 

गोसाइँकुण्ड गाउँपालिकाको धुन्चे र टिमुरे तथा आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेतमा यसअघि नै सशस्त्र प्रहरी स्थापना भएको छ । लकडाउनलाई पूर्ण प्रभावकारी बनाउन गाउँपालिका र नेपाल प्रहरीसँग साझेदारी हुने प्रजिअ भण्डारीले बताए ।

प्रतिक्रिया