रसुवामा गाई काटेर खाएको आरोपमा ५ जना पक्राउ

विदुर खबर २०७७ वैशाख ४ गते २१:०८

                                                                                          फाईल फोटो ।

रसुवा ।  उत्तरगया गाउँपालिका–४, मनिगाउँमा गाई चोरेर काटेर खाएको आरोमा ५ जना पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा मनिगाउँका ३० वर्षीय रामहरि तामाङ, २१ वर्षीय भुवन घलान, २० वर्षीय सन्तबहादुर थिङ, दिपेन्द्र थिङ र ३५ वर्षीय बाटुली थिङ रहेका छन् ।प्रहरीका अनुसार जिल्लाको कालिका गाउँपालिका–२ कि नन्द कुमारी ढकालले आफ्नो गोठमा रहेको गाई हराएको थाहा पाएपछि प्रहरीलाई खबर गरेकी गर्नु भएको थियो ।

गाई चोरेर एकान्त जंगलमा लगेर काटेर मासु लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरूलाई मासु सहित बिहीबार दिउँसो पक्राउ गरिएको हो ।

Advertisement

प्रतिक्रिया