रसुवामा क्वारेन्टीन सहितको पार्किङस्थल निर्माण

विदुर खबर २०७७ वैशाख ४ गते ८:०७

रसुवा  । रसुवाको उत्तरगया गाउँपालिका–१, खाल्डेमा मालवाहक सवारी साधनको लागि क्वारेन्टीन पार्किङ स्थल निर्माण गरिएको छ ।

Advertisement

अत्यावश्यक सामग्री लिएर आउने मालवाहक सवारीलाई २४ घण्टा उक्त पार्किङस्थलमा राखिने छ । त्यहाँ राखिएका सबै सवारीलाई डिसइन्फेक्सन गराएर जिल्ला प्रवेश गराइने छ । गर्ने कार्य सुरु भएको छ । प्रतिनिधि सभा सदस्य मोहन आचार्यको सहयोगमा गाउँपालिकाले पार्किङस्थल निर्माण गरेको हो । रसुवा र नुवाकोट सीमा क्षेत्र बेत्रावती हुँदै जिल्लामा प्रवेश गर्ने मालवाहक सवारी साधनहरू तथा अन्य साना सवारी साधनहरूलाई सोमबारदेखि डिसइन्फेक्सन गरिने गाउँपालिकाले जनाएको छ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) जोखिमलाई मध्यनजर गरी डिसइन्फेक्सन गर्न थालिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । सवारी चालक र सहयोगीलाई गाउँपालिकामा रहेको क्वारेन्टीनमा राखेर चेकजाँच गरिने र त्यसपछि रसुवाको बजार प्रवेश गर्न दिइने छ ।

Advertisement

जिल्ला प्रवेश गर्ने मालवाहक सवारी साधनका लागि यसभन्दा अघि नजिकको सुरक्षा पोष्टबाट (ढुवानी कार्ड) र हेल्थ डेस्कबाट सवारी चालकका लागि (ट्राभल हिस्ट्री कार्ड) बेत्रावती प्रहरी चौकीबाट जारी भइरहेको छ ।

प्रतिक्रिया