रसुवामा २१ जनाको आरडीटी रिर्पोट नेगेटिभ

विदुर खबर २०७७ वैशाख ४ गते ७:३४

रसुवा । जिल्लामा २१ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ को एन्टिबडी परीक्षण गरिएको छ ।

Advertisement

परीक्षण गरिएका सबै जनाको रिर्पोट नेगेटिभ आएको जिल्ला अस्पताल रसुवाका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार खरेलले बताए । अहिलेसम्म जिल्ला अस्पताल धुन्चेमा ४ र जीवजीवे ग्रामीण अस्पतालमा १७ जनाको परीक्षण गरिएको छ । आइतबारदेखि जिल्लाको दुई वटा अस्पतालमा आरडीटी परीक्षण सुरु गरिएको छ । जीवजीवे ग्रामीण अस्पतालमा परीक्षण गरिएकामध्येख११ जना विदेशबाट फर्किएका र ६ जना सोलखुम्बुबाट फर्किएकाहरु रहेको जीवजीवे ग्रामीण अस्पतालका हेल्थ असिस्टेन्ट उत्सव पौडेलले बताए ।

रसुवा अस्पतालमा परीक्षण गरेका ४ जना विदेशबाट फर्किएका व्यक्तिहरु हुन् । जिल्लामा आरडीटी किटबाट कोभिड–१९ को एन्टिबडी परीक्षण गर्ने काम चलिरहेको छ ।

प्रतिक्रिया