रसुवामा २१ जनाको आरडीटी रिर्पोट नेगेटिभ
विदुर खबर
२०७७ वैशाख ४ गते ७:३४
रसुवा । जिल्लामा २१ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ को एन्टिबडी परीक्षण गरिएको छ ।
परीक्षण गरिएका सबै जनाको रिर्पोट नेगेटिभ आएको जिल्ला अस्पताल रसुवाका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार खरेलले बताए । अहिलेसम्म जिल्ला अस्पताल धुन्चेमा ४ र जीवजीवे ग्रामीण अस्पतालमा १७ जनाको परीक्षण गरिएको छ । आइतबारदेखि जिल्लाको दुई वटा अस्पतालमा आरडीटी परीक्षण सुरु गरिएको छ । जीवजीवे ग्रामीण अस्पतालमा परीक्षण गरिएकामध्येख११ जना विदेशबाट फर्किएका र ६ जना सोलखुम्बुबाट फर्किएकाहरु रहेको जीवजीवे ग्रामीण अस्पतालका हेल्थ असिस्टेन्ट उत्सव पौडेलले बताए ।
रसुवा अस्पतालमा परीक्षण गरेका ४ जना विदेशबाट फर्किएका व्यक्तिहरु हुन् । जिल्लामा आरडीटी किटबाट कोभिड–१९ को एन्टिबडी परीक्षण गर्ने काम चलिरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
आजको मौसम : चट्याङसहित वर्षा सम्भावना
तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर





प्रतिक्रिया