नेकपा रसुवाद्वारा विपद व्यवस्थापन समितिलाई राहत सामग्री हस्तान्तरण
रसुवा । नेकपा रसुवाले मंगलबार जिल्ला विपद व्यवस्थापन समितीलाई राहत सामग्री हस्तान्तंरण गरेको छ।
नेकपा रसुवाका जिल्ला अध्यक्ष कर्न्याल तामाङका अनुसार कोभिड-१९ कोरोना भाईरसका कारण विश्वमा नै महामारी भईरहेको अवस्थामा नेपाल सरकारले जारी गरेको लकडाउनबाट जिल्ला भित्र विभिन्न मजदुरहरूलाई पार्टीको धारणा अनुसार राहत लगाएत स्वास्थ्य सामाग्रीहरू जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलाई हस्तान्तरण गरिएको हो ।
उक्त सामाग्रीमा मास्क नौ हजार थान,पञ्जा २० हजार थान हस्तान्तरण गरिएको हो भने पूर्व संविधान सभासदस्य जनार्दन ढकालले आफ्नो व्यक्तिगत तर्फबाट पिपिआई १५ सेट,हेन्ड सेनिटाईजर एक सय ६९ बोतल,जिरा मसिनो चामल चार सय बोरा वितरण गरिएको हो ।
उक्त राहत वितरणमा विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरू,मेगा बैंकका प्रमुख छोक्यल दोर्जे लामा,गोसाँईकुन्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ, कालिका गाउँपालिका प्रमुख सीता अधिकारी पूर्व सविधानसभा सदस्य माननीय द्वय छोवाङ तेन्जिङ तामाङ र जनार्दन ढकालको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट





प्रतिक्रिया