तिब्बतबाट थप स्वास्थ्य सामग्री सहयोग

विदुर खबर २०७६ चैत २९ गते १७:५९

रसुवा । तिब्बतको जिलोङ काउन्टी प्रशासनले रसुवालाई थप स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

Advertisement

कोरोना भाइरस नियन्त्रणका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई शुक्रबार थप ९ प्रकारका सामग्री उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

सामग्री लिन प्रजिअसहितको टोली रसुवागढी नाका पुगेको थियो।जिलोङ काउन्टी प्रशासनका समकक्षीसहितको टोलीले मितेरी पुलमा १ सय ५ थान पीपीई १ सय ५ थान, प्रोटेक्सन हेल्मेट ३० थान, सेफ्टी बुट ९ थान, पुलिस अलराम मेगाफोन ४८ थान, बडी आर्मोर गियर ३० थान, मेडिकल हर्बल ५ हजार थान, डिसइन्फेक्टेन्ट स्प्रे लिक्विड १५ लिटर, प्रोटेक्सन फेस सिल्ड ५ थान र नाइट ˆयालस लाइट १८ थान उपलब्ध गराएको हो।

Advertisement

त्यस्तै प्रतिनिधिसभा सदस्य मोहन आचार्यले पनि जिल्ला विपद् व्यवस्थापन समितिलाई थप सहयोग गरेका छन्। उनले ४०–४० थान पीपीई सेट, चस्मा र बुट उपलब्ध गराएका हुन्। प्राप्त सहयोग सामग्री अस्पताल, स्वास्थ्य चौकी, हेल्थ डेस्क, क्वारेन्टाइन तथा आइसोलेसनमा प्रयोग गरिने प्रजिअ अधिकारीले बताए।

प्रतिक्रिया