रसुवामा खाद्यान्न आपूर्ति व्यवस्थापनका लागि उपसमिति गठन

रसुवा। रसुवामा खाद्यान्न आपूर्ति व्यवस्थापनका लागि उपसमिति गठन गरिएको छ । जिल्ला सुरक्षा समिति रसुवाको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराइको संयोजकत्वमा ८ सदस्यीय उपसमिति गठन गरेको हो ।
सदस्यहरुमा नेपाली सेनाको सेनानी सुरेन्द्र रोक्का, प्रहरी निरिक्षक श्यामकुमार वस्नेत, शसस्त्र प्रहरी निरिक्षक अच्युतमणि अधिकारी, अ.स. देवनारायण सिंह, नेपाल रेडक्रस सोसाइटी शाखा प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि र चेम्बर अफ कमर्शका प्रतिनिधि रहेका छन् ।
गठित उक्त उपसमितिले जिल्लाभरिका मुख्य बजारस्थलको स्टक अवस्था, तथ्याङ्क संकलन, विश्लेषण, आपूर्ति गर्ने मुख्य स्रोत र बाह्य जिल्लाको बजारस्थल पहिचान, संकट अवस्थामा खाद्यान्न वितरणका लागि स्टोर गरी राख्नका लागि निर्माण गर्न सकिने गोदामघर स्थल पहिचान र क्षमता अध्ययन तथा गोदाम घरबाट प्रत्येक वडास्तरसम्म पुग्न सकिने मार्ग, जनसंख्या विवरण लगायतका बिषयमा अध्ययन गरी प्रतिवेदन तयार पार्नुपर्ने भएको छ ।
उपसमितिले ५ दिनभित्र अध्ययन गरी प्रतिवेदन पेश गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । जिल्लामा भविष्यमा पर्न सक्ने खाद्यान्न संकटको समस्यालाई दृष्टिगत गरी उक्त विवरण संकलन सगर्न लागिएको समेत उनको भनाई रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया