रसुवामा खाद्यान्न आपूर्ति व्यवस्थापनका लागि उपसमिति गठन
रसुवा। रसुवामा खाद्यान्न आपूर्ति व्यवस्थापनका लागि उपसमिति गठन गरिएको छ । जिल्ला सुरक्षा समिति रसुवाको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराइको संयोजकत्वमा ८ सदस्यीय उपसमिति गठन गरेको हो ।
सदस्यहरुमा नेपाली सेनाको सेनानी सुरेन्द्र रोक्का, प्रहरी निरिक्षक श्यामकुमार वस्नेत, शसस्त्र प्रहरी निरिक्षक अच्युतमणि अधिकारी, अ.स. देवनारायण सिंह, नेपाल रेडक्रस सोसाइटी शाखा प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि र चेम्बर अफ कमर्शका प्रतिनिधि रहेका छन् ।
गठित उक्त उपसमितिले जिल्लाभरिका मुख्य बजारस्थलको स्टक अवस्था, तथ्याङ्क संकलन, विश्लेषण, आपूर्ति गर्ने मुख्य स्रोत र बाह्य जिल्लाको बजारस्थल पहिचान, संकट अवस्थामा खाद्यान्न वितरणका लागि स्टोर गरी राख्नका लागि निर्माण गर्न सकिने गोदामघर स्थल पहिचान र क्षमता अध्ययन तथा गोदाम घरबाट प्रत्येक वडास्तरसम्म पुग्न सकिने मार्ग, जनसंख्या विवरण लगायतका बिषयमा अध्ययन गरी प्रतिवेदन तयार पार्नुपर्ने भएको छ ।
उपसमितिले ५ दिनभित्र अध्ययन गरी प्रतिवेदन पेश गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । जिल्लामा भविष्यमा पर्न सक्ने खाद्यान्न संकटको समस्यालाई दृष्टिगत गरी उक्त विवरण संकलन सगर्न लागिएको समेत उनको भनाई रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया