लिखुको चौघडामा छरियो ‘डिसइन्फेक्सन स्प्रे’
चौघडा । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन लिखु गाउँपालिका वडा नम्बर ४ चौघडाको विभिन्न ठाउँमा कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्किएको छ ।
लिखु गाउँपालिका, विभिन्न वडा कार्यालय र गाउँपालिकाको स्वास्थ्य शाखाको सहयोगमा वडा नम्बर ४ चोघडाको विभिन्न स्थानमा कीटनाशक औषधि छर्किएको हो । स्थानिय युवाहरु रामचन्द्र अगस्ती, सनम राई,सद्धाम राई ,रवि मानन्धर,प्रयास राई,विक्रम राई,मनोज राई,रामशरण देवकोटा र गोविन्द साउत लगायतको टोलीले वडा नम्बर ४ को विभिन्न स्थानमा कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्किएको हो ।
विशेषगरी भीडभाड हुने गरेका स्थान, ओसिलो र घाम नलाग्ने ठाउँमा कीटनाशक औषधि छरिएको स्थानिय रामचन्द्र अस्तीले जानकारी दिए । उनले सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन अनुरोध गर्दै गाउँपालिकाका विभिन्न स्थानमा समेत कीटनाशक औषधि छरिने जानकारी दिए ।
कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन गाउँपालिकाले थालेको कोरोना रोकथाम अभियान अन्तर्गत कीटनाशक औषधि छर्कने काम भएको गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया