लिखुको चौघडामा छरियो ‘डिसइन्फेक्सन स्प्रे’

विदुर खबर २०७६ चैत १६ गते २१:३४

चौघडा  । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन लिखु गाउँपालिका वडा नम्बर ४ चौघडाको विभिन्न ठाउँमा कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्किएको छ ।

Advertisement

लिखु गाउँपालिका, विभिन्न वडा कार्यालय र गाउँपालिकाको स्वास्थ्य शाखाको सहयोगमा वडा नम्बर ४ चोघडाको विभिन्न स्थानमा कीटनाशक औषधि छर्किएको हो । स्थानिय युवाहरु रामचन्द्र अगस्ती, सनम राई,सद्धाम राई ,रवि मानन्धर,प्रयास राई,विक्रम राई,मनोज राई,रामशरण देवकोटा र गोविन्द साउत लगायतको टोलीले वडा नम्बर ४ को विभिन्न स्थानमा कीटनाशक औषधि (डिसइन्फेक्सन स्प्रे) छर्किएको हो ।

विशेषगरी भीडभाड हुने गरेका स्थान, ओसिलो र घाम नलाग्ने ठाउँमा कीटनाशक औषधि छरिएको स्थानिय रामचन्द्र अस्तीले जानकारी दिए । उनले सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन अनुरोध गर्दै गाउँपालिकाका विभिन्न स्थानमा समेत कीटनाशक औषधि छरिने जानकारी दिए ।

Advertisement

कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन गाउँपालिकाले थालेको कोरोना रोकथाम अभियान अन्तर्गत कीटनाशक औषधि छर्कने काम भएको गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया