कोभिड–१९ : लिखुको चौघडामा किटनाशक औषधी छर्कियो

विदुर खबर २०७६ चैत १४ गते १२:०३

चौघडा । कोरोना भाइरस (भिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ बगैचाका युवाहरुले किटनाशक औषधी छर्कन शुरुआत गरेका छन ।

Advertisement

बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने ति युवाहरुले बताएका छन । कोरोना भाइरसको सङ्क्रमणलाई  फैलन नदिन किटनाशक औषधी छर्न शुरु गरिएको स्थानिय युवा रामचन्द्र अगस्तीले जानकारी दिनुभयो । पहिलो चरणमा ३० पम्प किटनासक औषधी ल्याइ छर्ने काम शुरु गरिएको र आवश्यकता अनुसार खरीद गरी मुख्य÷मुख्य स्थानमा किटनासक औषधी छरिने अगस्तीले जानकारी दिए ।

उनीहरुले वडा नम्बर ४ अन्र्तगत पर्ने तल्लो बगैचा,माथिल्लो बगैचा,क्षेत्रपाल मावि,तल्लो बजार, वडा नम्बर ४ को वडा कार्यालय र स्वास्थ्य चौकीसम्म औषधी छर्केको अर्का युवा रामराजा प्याकुरेलले विदुर खबरलाई बताए । त्यस्तै आगामी दिनमा वडाका अन्य स्थानमा समेत औषधी छर्कने कार्यक्रम रहेको बताइएको छ ।

Advertisement

प्रतिक्रिया