रसुवामा २८ जना पर्यटकको उद्धार

विदुर खबर २०७६ चैत १६ गते १९:११
Tourists enjoying a spectacular view of Dhaulagiri Mountain Range from Poonhill in Ghar-1 of Myagdi district, on Wednesday, September 28, 2016. Photo: RSS

रसुवा । जिल्लांको विभिन्न भागहरूमा घुम्न आएका विदेशी पर्यटकको तीन दिनको अवधिमा २८ पर्यटकको उद्धार गरिएको छ।

Advertisement

नेपालमा लकडाउन भएपछि समस्यामा रहेका चिनियाँ १९, जर्मन ७, अमेरिकाका एक,वेलायत एक, अष्ट्रेलियाका एक गरि २९ जनालाई स्याफ्रु,बृदविम,थुमन,चिलिमे,लाङटाङ लगायतका ठाउँहरूवाट उद्धार गरिएको हो ।

विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार हाल सम्म ४७ जना विदेशी पर्यटकको अद्यावधिक भएको छ। पर्यटकीय क्षेत्रहरूमा अलपत्र परेकाहरूलाई उद्धार गर्ने काम जारी नै रहन्छ । नौ जनालाई काठमाडौं पठाईसकिएको छ ।

Advertisement

प्रतिक्रिया