रसुवामा मास्क र साबुन बाड्दै सांसद
रसुवा । रसुवाका दुई सांसद एक जनता एक मास्क, एक घर दुई साबुन अभियान लिएर गाउँ पसेका छन् ।
रसुवाका प्रतिनिधि सभा सांसद मोहन आचार्य र प्रदेश सांसद प्रेम तामाङ, जनताको माग बमोजिम आफनो व्यक्तिगत खर्चमा एक जनता एक मास्क, एक घर दुई साबुन अभियान लिएर गाउँ पसेका हुन् ।कोरोना संक्रमणबाट जोगिन स्थानिय नागरिकबाट मास्क र साबुनको उच्च माग भएसँगै बितरणका लागि टिम बनाएर शनिबारदेखि आफुहरु गाउँगाउँ खटिएको प्रदेश सांसद प्रेम तामाङले बताए । उनले भने, जनताबाट नै हामीलाई मास्क र साबुनको आवश्यकता भयो, उपलब्ध गराइदिन पर्यो भनेपछि हामीलाई आउने भत्ता लगायत व्यक्तिगत खर्चबाट सामानको जोहो गरेर गाउँगाउँमा बितरणका लागि सुरु गरेका छौँ, ।
गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष, युवा क्लब, समुहको सहयोगमा जिल्लाभरका नागरिकलाई ती सामाग्री पुर्याइने भएको छ ।शनिबार जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको ठाडे, सानोभार्खु, ठुलोभार्खु, आमाछोदिङ्मो गाउँपालिकाको गतलाङ, ग्रे, नेसिङमा वितरण गरिसकिएको उनले बताए । ‘सम्भावना हुने ठाउँमा घरघर गएर बाडेका छौँ, नभएको ठाउँमा स्थानिय जनप्रतिनिधि, गाउँमा रहेका क्लब, समुह, स्वास्थ्य संस्थालाई नै बितरणको जिम्मा लगाएका छौँ, उनले भने, ढिलै भएपनि कोरोना संक्रमणबाट जोखिन जिल्लाभरका सबै नागरिकलाई मास्क र साबुन प्रदान गछौँ, ।
त्यस्तै जनताको माग र आवश्यक अनुसार आगामि दिनमा आफुहरुले सहयोग गर्दै जाने समेत सांसद तामाङले बताए । उनले भने, लकडाउन लम्बीयो, संक्रमण बढ्दै गएमा, जनता घर बाहिर निस्कन नसकेमा खाद्यान्नको अभाब भएमा समेत हामी घर घर पुगेर पनि प्रदान गछौँ, ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया