जर्मनीबाट आएका रसुवाको दुई जना काठमाडौंमा क्वारेन्टाइनमा बसे

विदुर खबर २०७६ चैत १३ गते ८:२६

रसुवा  । यही चैत ४ गते कतार एयरवेजबाट नेपाल आएका रसुवाका दुई जना सेल्फ क्वारेन्टाइनमा बसेका छन् । लामो समयदेखि जर्मनीमा बस्दै आएका उनीहरू गएको मंगलबार नेपाल आएका थिए ।

Advertisement

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार उनीहरू काठमाडौंमा आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसेका छन् । ‘उनीहरू रसुवा आएका छैनन्’, उनले भने, ‘उनीहरूसँग निरन्तर सम्पर्क भइरहेको छ ।’ जर्मनीबाट नेपाल आएका दुई जना रसुवा आएको हुन सक्ने भन्दै जिल्लाबासीले निगरानी गर्न आवश्यक रहेको बताए पनि

प्रजिअ भण्डारीले उक्त कुरा बताएका हुन् ।जिल्लामा हालसम्म कोरोनाको शंकास्पद बिरामी नभेटिएकाले आत्तिन नपर्ने उनले बताए । जिल्लामा मंगलबारदेखि नागरिक सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

Advertisement

प्रतिक्रिया