रसुवामा ५५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

विदुर खबर २०७६ चैत २ गते १६:५४

रसुवा । फागुन २९ गतेबाट रसुवामा राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु भएको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीकाे शुभारम्भमा पहिलो चरणमा विवरण दर्ता गराएका चारसय एक जनाको परिचयपत्र छापिएर आएपछि वितरण कार्य सुरू गरिएको हो । साउन १५ गते सुरू भएको सो कार्यमा दैनिक ८० देखि ९० जनाले विवरण दर्ता गर्न पाउने छन् ।

सुरू भएकाे केही समयमा करिव दुई हजार पाच सयले दर्ता गराइसकेका थिए । भण्डारीका अनुसार दैनिक ८० /९० जनाको विवरण दर्ता गर्ने भनिएता पनि २५ देखि ३० वटा विवरण मात्र दर्ता हुने गरेका छन । जिल्लाको २७ वटै वडामा घुम्ति शिविर सन्चालन गर्ने तयारि समेत भईरहेको भण्डारी छन् । २९ फागुनबाट चैत दुई गतेसम्ममा ५५ जनाले राष्ट्रिय परिचयपत्र लिईसकेका छन ।

Advertisement

प्रतिक्रिया