रसुवाबाट छ सय ७५ जना विद्यार्थी एसइइ परिक्षा दिँदै

विदुर खबर २०७६ फागुन २९ गते १८:५७

रसुवा । जिल्लाबाट यस वर्ष चैत्र ६ गते सुरु हुने एसइइ परिक्षामा छ सय ७५ विद्यार्थी सहभागि हुदैछन् ।

Advertisement

शिक्षा विकास तथा समन्वय इकाइ रसुवाका इकाई प्रमुख शितलबहादुर पाण्डेका अनुसार जिल्ला भर पाँच परिक्षा केन्द्रमा नियमित आंशिक र प्राविधिकधारका गरि छ सय ७५ विद्यार्थी सहभागी हुने छन । निलकण्ठ मावि बोगटीटार,कालिका हिमालयन मा वि कालिकास्थान, निलकण्ठ नमुना मावि जिवजिवे, रसुवा मा.वि. धुन्चे र कोमिन स्यामेवाङफेल मावि स्याफ्रुवेशी परिक्ष केन्द्र रहने छ ।

यस्तै आंशिक स्तर वृद्धि परिक्षामा सहभागी परिक्षार्थीहरुको रसुवा मा.वि. धुन्चेमा र निलकण्ठ मा.वि. बोगटीटार पढाइ भइरहेको प्राविधिक धार को चाही कालिका हिमालयन क्याम्पसमा परिक्षा हुने इकाई प्रमुख पाण्डेले बताउनुु भयो ।

Advertisement

चैत्र छ बाट हुने एसइइ परिक्षा राष्ट्रिय परिक्षा बोर्ड नियन्त्रण कार्यालय कक्षा १०) सानोठिमी भक्तपुरबाट सन्चालन हुनेछ । र साथै कक्षा १२ को परिक्षा २०७७ बैशाख ८ बाट परिक्षा सन्चालन हुने छ भने कक्षा ११ को परिक्षा बैशाख २२ बाट सन्चालन हुने बताइएको छ ।

प्रतिक्रिया