नेपाल राष्ट्रिय शिक्षक संगठन नौकुण्डको अध्यक्षमा गुरुङ

विदुर खबर २०७६ फागुन २५ गते १९:३८

रसुवा । नौकुण्ड गाउँपालिका स्तरीय नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा बलबहादुर गुरुङ चयन भएका छन् । गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

Advertisement

जसको उपाध्यक्षमा जमानसिंह घले, महिला उपाध्यक्ष शर्मिला तामाङ, सचिवमा लोकराज भट्ट, कोषाध्यक्षमा ईश्वरीमाया घले, सहसचिवमा पूर्णिमाया स्याङताङ, शुसिला न्यौपाने चयन भएका छन् ।सदस्यहरूमा केशव बाँस्कोटा, आँशुकुमार पाख्रेन, बुधे तितुङ तामाङ, भीम प्यारी तामाङ र तुलसी पौडेल रहेका छन् । वरिष्ठ सल्लाहकार मिनबहादुर बोगटी चयन कार्यसमितिले जनाएको छ ।

सभापति मिनबहादुर बोगटीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि कुलप्रसाद भट्ट र विशेष अतिथि सिर्जना लामा तथा शिक्षकहरूको उपस्थित रहेको थियो ।

Advertisement

प्रतिक्रिया