प्रधानको नेतृत्वमा नुवाकोट ब्याडमिन्टन संघको नयाँ कार्यसमति चयन
बट्टार । नुवाकोट ब्याडमिन्टन संघको तेस्रो साधारणसभा तथा पहिलो अधिवेशनले गगन कल्याण प्रधानको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
विदुरमा शनिवार भएको पहिलो अधिवेशनले कार्यसमिति निर्विरोध रुपमा चयन गरेको नुवाकोट ब्याडमिन्टन संघका नवनिर्वाचित सचिव पारस अधिकारीले जानकारी दिनुभयो । संघको उपाध्यक्षमा श्रीराम तामाङ, बृद्धिलाल नगरकोटी, सचिवमा पारस अधिकारी र कोषाध्यक्षमा गौरी राई चयन हुनुभएको छ ।
त्यस्तै संघको सदस्यहरुमा रामकुमार कोइराला, निराजन रिमाल, शिवलाल श्रेष्ठ, भिम बज्रचार्य, चन्दन घले, अजय थापा, रेवुका श्रेष्ठ र विवेक जैसी रहेका छन ।
केन्द्रिय प्रतिनिधि दिपक थापाको रोहवरमा संघको पहिलो अधिवेशन सम्पन्न भएको हो । संघका नवनिर्वाचित पदाधिकारीले संघलाई चलायमान बनाई आगामी दिनमा जिल्लामा विभिन्न प्रतियोगिता गरि खेलाडीहरुको शिपलाई तिखार्न लागि पर्ने प्रतिवद्धता समेत गरेका छन ।
यसअघि नुवाकोट ब्याडमिन्टन संघ तदर्थ समितिमा चल्दै आएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया