संस्कृति बचाउनमा लागि परे धुन्चेका तामाङ समुदाय

विदुर खबर २०७६ फागुन १९ गते १९:५८

रसुवा । गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चे तामाङ समुदायले आफ्नो समाजमा भईरहेको विकृतिलाई हटाई संस्कृति बचाउन लागी परेका छन ।

Advertisement

फागुन १७ गते १५ जनाको कार्य समिति बनाई दुङलाङ समाजको निर्माण गरी परम्पराको रुपमा चल्दै आएको धर्म र संस्कृति बेचाइ विकृती हटाउन र विवाह गर्दा सुत्केरी हुँदा विरामी हुँदा र घर सर्दा र कुनै सामाजिक काम गर्दाको कार्य व्यवस्थापनका लागी छुटा छुटै निर्णय भएको छ ।अभियान नै सुरु गरी कला संस्कृति सँग सम्बन्धित रहेको विकृति रोक्ने विकास निर्माणका काममा रेखदेख गर्ने र उन्नत समाज निर्माणका काममा रेखदेख गर्ने र उन्नत समाज निर्माण गर्न अवका दिनहरुमा दाइजो प्रथा, देखा सिखि गर्न नपाइने भएको छ ।

समाजका संरक्षक गोसाईकुण्ड गाउँपालका ६ का वडा अध्यक्ष दावा सिदार वाइवा रहने छन । टुल्कु छोलिङ गुम्बा व्यवस्थापन समितिको जग्गामा शंख पार्क निर्माणको लागी जग्गा व्यवस्थापन गरेर काम अगाडी बढाइने दुङलाङ समाजका सचिव प्रमोद कुमार तितुङ ले जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया