एसीसी ईस्टर्न रिजन टी-ट्वान्टी कप क्रिकेटमा नेपालले भोली मलेसियासँग प्रतिस्पर्धा गर्दै

विदुर खबर २०७६ फागुन १६ गते २०:००

नुवाकोट । एसीसी ईस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपालले भोली (शनिबार) मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

Advertisement

थाइल्याण्डको बैंककमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार अपरान्ह १२:१५ बजे सुरु हुनेछ । मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवातको लक्ष्यमा रहनेछ । उपाधि जित्ने लक्ष्य लिएको नेपाल मलेसियालाई हराउँदै उत्कृष्ट सुरुवात गर्न चाहन्छ । नेपाल प्रतियोगितामा एकदिवसीय मान्यता पाएको एक्लो राष्ट्र हो । त्यसैले नेपाललाई उपाधि दाबेदार टिम मानिएको छ ।

यता, मलेसिया पनि बलियो टिम हो । मलेसिया पनि नेपाललाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।त्यसैले नेपालले यस प्रतियोगितामा कुनै पनि टोलीलाई कमजोर आँकेको छैन ।’टी-ट्वान्टी क्रिकेट हो । एक बलमा खेल बदलिन्छ । त्यसैले कुनै पनि प्रतिद्वन्द्वीलाई कमजोर लिने छैनौं,’ कप्तान ज्ञानेन्द्र मल्लले थाइल्याण्ड जानु अघि भने, ‘हाम्रो लक्ष्य उपाधि जित्ने नै हो ।’

Advertisement

हालै हङकङविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजमा मलेसियाले क्लिन स्विप गरेको थियो । त्यसैले नेपाललाई मलेसियाले कडा चुनौती दिने अनुमान गरिएको छ ।प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्याण्ड, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् । राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

 

Advertisement

प्रतिक्रिया