निलकण्ठ माध्यामिक विद्यालयको ७० औ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न
रसुवा । रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ बोगटीटारमा रहेको निलकण्ठ माध्यामिक विद्यालयको ७० औ वार्षिक उत्सव तथा अभिभावक भेला बुधवार सम्पन्न भएको छ ।
वार्षिक उत्सव तथा अभिभावक भेलाको गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल, उपाध्यक्ष चमेलि गुरुङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । कार्यक्रममका बोल्नुहुँदै गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले विद्यालयले ठुलाठुला विद्धानहरु उत्पादन गरेको भन्दै खुशी व्यक्त गर्नुभएको छ । अध्यक्ष लम्सालले जिल्लाको शैक्षिक केन्द्रको रुपमा रहेका विद्यालयले आगामी दिनमा व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिन आग्रह गर्नुभएको छ ।
कार्यक्रममा विद्यालयका प्रध्यानाअध्यापक गोविन्दप्रसाद रिमालले बिद्याालयको आयव्यय र भावि योजनाको वारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा विद्यालयबाट निवृत हुनुभएका २ जना शिक्षकहरु शिक्षक रामकृष्ण प्याकुरेल र रामाशिस साहलाई दिर्घ सेवा सम्मानबाट सम्मानित गरिएको छ । साथै यहि फागुन ५ देखि ७ गतेसम्म संचालन भएको गाउँपालिकस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालयको तर्फबाट उत्कृष्ठ भएका विद्यार्थीहरुलाई समेत सम्मान गरिएको छ ।
वि. स. २००७ सालमा स्थापित निलकण्ठ माध्यामिक विद्यालयमा कम्प्युटर ईन्जिनियरिङको समेत अध्यापन भइरहेको छ । कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया