निलकण्ठ माध्यामिक विद्यालयको ७० औ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

विदुर खबर २०७६ फागुन १४ गते २०:४५

रसुवा । रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ५ बोगटीटारमा रहेको निलकण्ठ माध्यामिक विद्यालयको ७० औ वार्षिक उत्सव तथा अभिभावक भेला बुधवार सम्पन्न भएको छ ।

Advertisement

वार्षिक उत्सव तथा अभिभावक भेलाको गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल, उपाध्यक्ष चमेलि गुरुङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । कार्यक्रममका बोल्नुहुँदै गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले विद्यालयले ठुलाठुला विद्धानहरु उत्पादन गरेको भन्दै खुशी व्यक्त गर्नुभएको छ । अध्यक्ष लम्सालले जिल्लाको शैक्षिक केन्द्रको रुपमा रहेका विद्यालयले आगामी दिनमा व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिन आग्रह गर्नुभएको छ ।

कार्यक्रममा विद्यालयका प्रध्यानाअध्यापक गोविन्दप्रसाद रिमालले बिद्याालयको आयव्यय र भावि योजनाको वारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा विद्यालयबाट निवृत हुनुभएका २ जना शिक्षकहरु शिक्षक रामकृष्ण प्याकुरेल र रामाशिस साहलाई दिर्घ सेवा सम्मानबाट सम्मानित गरिएको छ । साथै यहि फागुन ५ देखि ७ गतेसम्म संचालन भएको गाउँपालिकस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालयको तर्फबाट उत्कृष्ठ भएका विद्यार्थीहरुलाई समेत सम्मान गरिएको छ ।

Advertisement

वि. स. २००७ सालमा स्थापित निलकण्ठ माध्यामिक विद्यालयमा कम्प्युटर ईन्जिनियरिङको समेत अध्यापन भइरहेको छ । कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया