रसुवाको धुन्चेमा ल्होसार विशेष कार्यक्रम सम्पन्न

विदुर खबर २०७६ फागुन १० गते १९:२३

रसुवा।“कला, संस्कृति, भाषा धर्मको प्रर्वद्धन र जर्गेना गरौँ रसुवाली कलाकार एक जुट हौँ” भन्ने नाराका साथ गोसाइकुण्ड गाउँपालिका ६ धुन्चेमा ल्होसार कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

Advertisement

कलाकार समाज रसुवा र राष्ट्रिय संगीतकर्मी संघ रसुवाको आयोजनामा भएको ल्होसार विशेष कार्यक्रम तामाङ संस्कृति र लाङटाङ गोसाइकुण्डलाई पर्यटन वर्ष २०२० मा लाखौको संख्यामा बृद्धि गराउने उद्देश्यले गरिएको कार्यक्रम संयोजक दावा फिन्जो तामाङले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य  मोहन आर्चायको प्रमुख आतिथ्यमा बागमति प्रदेश सभासदस्यद्धय प्रभात लामा,प्रेम तामाङ र शान्ति थिङ लगाएतका विशिस्ट व्यक्तिहरुको उपस्थितिमा अवका दिनहरुमा घरमा मात्रै सीमित नराखी विश्वव्यापि प्रचार प्रसार गर्न लागिएको संयोजक तामाङले बताउनु भयो ।

Advertisement

कार्यक्रम भने जिल्लामा पहिलो चोटि गरिएको हो ।आफ्नो कला संस्कृति भेषभुषा र इतिहास लाई झल्काइ भावि पुस्ताले समेत जान्न र बुभ्न पाउन भनेर नै कार्यक्रम गरिएको हो । प्रतिनिधि सभा सदस्य माननिय मोहनआर्चायले कार्यक्रमको अवसरमा धुन्चेस्थिति सभाहल भुकम्पले तहस नहस भएको छ यसलाई १ वर्षभित्रै मर्मत हुने बाचा गरि रसुवा जिल्ला तामाङ समुदायको बाहुल्यता रहेकोले ल्होसार मात्र नभई हरेक पलपलमा तामाङ संस्कृति झल्कने कार्यक्रम हुनुपर्ने भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

धुन्चेमा अवस्थित चर्चित व्याण्ड लगायतका ख्याती प्राप्त गायक गायिका हास्यकलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो आगामिदिनहरुमा यस्ता कार्यक्रम भइरहने बताइएको छ ।

Advertisement

प्रतिक्रिया