सेना दिवसमा नुवाकोटमा मैत्रीपूर्ण फुटवल सम्पन्न, राष्ट्रसेवक कर्मचारी पराजित
बट्टार । सेना दिवस तथा महाशिवरात्रिको अवसर पारेर नुवाकोटमा मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।
जवरजङ्ग गणको आयोजनामा राष्ट्रसेवक कर्मचारी टिम र नुवाकोट जिल्ला फुटवल टिमबीच मैत्रीपूर्ण फुटवल प्रतियोगितामा भएको हो । प्रतियोगितामा कर्मचारी टिमलाई प्रतियोगितामा नुवाकोट फुटवल टिमले ३–१ को गोलअन्तरले पराजित गरेको छ । नुवाकोट फुटवल टिमलाई विजयी बनाउन सन्तोष थापा, राजकुमार कुमाल (नानु) र आकाश रानामगरले गोल गरेका थिए । त्यस्तै राष्ट्रसेवक कर्मचारीको लागि पेनाल्टीमार्फत युवराज खड्काले एक गोल गरेपनि टोलीको हार भने टार्न सकेनन ।
प्रतियोगितामा विजयी र पराजित दुबै टोलीलाई जिल्ला समन्वय समितिका प्रमुख सन्तामान तामाङ, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की, जवरजङ्ग गणका गणपति उदय वहादुर लामिछाने,एक नम्बर तालिम केन्द्रका गणपति खेम शर्मा लगायतले मेडल,शिल्ड र प्रमाणपत्र वितरण गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नेपाली कांग्रेस विदुरको मोटरसाईकल र्याली सम्पन्न
नुवाकोट २ मा मेरो जित निश्चित भइसक्यो : केसी
नुवाकोटको किस्पाङमा कांग्रेसका एकसयभन्दा बढी कार्यकर्ताले पार्टी छाडे
पौडी खेल्न गएका रिवजको शव त्रिशुली नदिमा फेला
धादिङमा चट्याङ लागेर एकको मृत्यु, २ घाइते





प्रतिक्रिया