रसुवागढी नाकामा अस्थायी भवन निर्माण गरिने
रसुवा । कोरोना भाइरसको परीक्षणका लागि रसुवागढी नाकामा हेल्थ डेक्स रहेको स्थानमा अस्थायी भवन निर्माण गरिने भएको छ ।
चीनले सवारी तथा मानिसको आवतजावत खुला गर्न इच्छा देखाएको छ । तर नेपालतर्फ स्वास्थ्य परीक्षण प्रभावकारी बनाउन नसक्दा खुला गर्न समस्या भएपछि पूर्वाधार विकास गरेर आवतजावत खुला गर्ने नेपाली पक्षको तयारी छ ।चीन जान लागेका तथा चीनबाट नेपाल आउने नेपाली तथा विदेशीको लागि स्वास्थ्य परीक्षण गर्न भवन तथा आवश्यक सामग्रीको अभाव छ । दुईवटा कोठा र एउटा हल सहितको भवन निर्माण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । माथिबाट ढुंगा झरिरहने भएकाले माथि जाली राखेर ढुंगा रोक्ने कार्य गरिने उनको भनाइ छ ।
स्वास्थ्य जाँचका लागि नाकामै बस्नुपर्ने र जोखिमलाई मध्यनजर गर्दै चीनतर्फ जसरी नै जाली लगाउने काम गरिने बताइएको छ । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले आइतबार नाकामा रहेको हेल्थ डेक्सको निरीक्षण गरेका छन् । नाकामा रहेको हेल्थ डेक्सलाई व्यवस्थित गर्नका लागि भवन निर्माण आवश्यक रहेको भन्दै मन्त्रालयले अस्थायी भवन निर्माणका लागि बजेट उपलब्ध गराउने बताएका हुन् । नाकामा कोराना भाइरस र अन्य सरुवा रोगको जोखिम हुनसक्ने बताउँदै मन्त्री दुलालले नागरिकको स्वास्थ्य सुरक्षाको लागि मन्त्रालय गम्भीर भएको बताए । संरचना निर्माण गर्ने, आवशयक स्वास्थयकर्मी राख्ने र आवश्यक सामग्री राखेर प्रारम्भिक स्वास्थ्य परीक्षण गर्न सकिने अवस्थामा पु¥याइने उनको भनाइ थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि अति संवेदनशील क्षेत्र मानिएको रसुवागढीमा क्वारेन्टाइन स्थापना हुन आवश्यक रहेको छ । मन्त्री दुलालसहित राजनीतिक दलका नेता, सरोकारवालले यसको निर्माणका लागि निर्माणस्थलको अवलोकन गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया