नुवाकोट एक आकर्षक गन्तव्य


रिना खनाल
नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ भइसकेको छ । भ्रमण वर्षमा नेपालमा घुम्ने ठाउँ अनगिन्ती छन् । तीमध्येको एक आकर्षक भ्रमणस्थल हुन सक्छ नुवाकोट । राजधानी उपत्यकाको उत्तरपश्चिममा अवस्थित नुवाकोट गल्छीको बाटो भएर जाँदा कलंकीबाट करीब ६८ किलोमिटर दूरी तय गरेपछि पुगिन्छ ।
ऐतिहासिक र सांस्कृतिक महत्वले भरिपूर्ण यो भूमि एक पटक पुग्नै पर्ने गन्तव्य हो । इतिहासका दृष्टिले यो सामरिक महत्वको स्थल पनि हो । पृथ्वीनारायण शाहले नुवाकोट विजय गरे पश्चात यसलाई २५ वर्ष मुलुकको शीतकालीन राजधानी बनाए । यस हिसाबले पनि नुवाकोट ऐतिहासिक छ नै यससँगै भृकुटीको नेपाल–चीन घरमाइती गर्ने र वास बस्ने स्थल समेत रहेको तथ्य धेरैलाई थाहा नहुन सक्छ ।समाजमा यद्यपि विकास भन्ने बित्तिकै कुनै क्षेत्रको भौतिक परिवर्तनसँग तुलना गर्ने परिपाटी छ तर साँचो अर्थमा विकास कुनै पनि पक्षको भौतिकसँगै आर्थिक, सामाजिक, सांस्कृतिक राजनीतिक तथा मानवीय चेतनाका यावत् अवयवहरुको विकासलाई बुझ्नु पर्दछ । अझ हाम्रो समाजमा क्षणभरमा नै दिने प्रतिफलहरुलाई मात्र विकास मान्ने गरिएको छ । क्षणमा दिने क्षणिक खुशी वास्तविक विकास होइन, न त्यो खुशीले स्थायित्व नै प्राप्त गर्छ ।
बिदुर, बेलकोट नगरपालिकासहित १० वटा गाउँपालिका रहेको नुवाकोट आ–आफ्नै क्षेत्रको ऐतिहासिक विविधताले भरिएको छ । रसुवा जिल्लाको लाङटाङ, केरुङ, गोसाईकुण्ड घुम्न जाने पर्यटकहरु एक दिन भए पनि नुवाकोटमा बस्ने वातावरण स्थानीय सरकारले बनाउनु जरुरी भइसकेको छ । यसका लागि राम्रो माध्यम भनेकै होमस्टे हो । जहाँ बसाइ सुलभ होस् र सुपथ पनि । पृथ्वीनारायण शाहले काठमाडौं विजय गर्नु पहिले नुवाकोट निकै शक्तिशाली राज्यको रुपमा चिनिएकोले पनि यो ऐतिहासिक संग्रहालयको हो । यसको अध्ययन गर्न स्वदेशी तथा विदेशी अध्येताहरु आउने गर्दछन् ।
नेपाल भूपरिवेष्टित राष्ट्र हुनुको साथै प्राकृतिक दृष्टिले मनोरम छ । गाउँ नै गाउँले भरिएर बनेको एउटा सुन्दर देश हो नेपाल । ती गाउँलाई विकासको बाटोमा डो¥याउने उत्तम उपाय ग्रामीण पर्यटन हो । ग्रामीण भेगका मनोरम दृश्य, खुला वातावरण, रमाइला पदयात्रा, स्वच्छ हावापानी, परम्परागत धर्म संस्कृति, रहनसहन आदि आकर्षणको केन्द्र हुन् । यस्ता समाजसँग सम्बन्धित जीवनशैली सम्बन्धित पक्षहरुले संरक्षण, सम्बद्र्धन गर्न सके ग्रामीण भेगका जनताको आर्थिक स्तर उक्सिन सक्छ ।
हरेक जात जातिका आफ्नै भाषा, संस्कृति, भेषभुषा, चालचलन रहेका हुन्छन् । ती सबै आफ्नै मौलिक पहिचान हुन् । यस्ता किसिमका चालचलन हेर्न मानव जाति उत्सुक रहनुका साथै सिक्ने मौका पनि मिल्दछ । धार्मिक तथा ऐतिहासिक स्थलहरुमध्ये पर्यटकीय दृष्टिले प्रमुख गन्तब्यको रुपमा नुवाकोट एक हो । पर्यटनले नेपाल जस्तो विकासशील मुलुकका लागि आर्थिक गतिविधिका लागि आशलाग्दो भविष्यतर्फ निर्दिष्ट गर्न सक्छ ।
नेपालको इतिहासमा सन् १९९७ मा स्याङजाको सिरुवारीमा सुरु भएको होमस्टे अहिले नेपालकै उत्कृष्ट सेवा र आकर्षणका रुपमा लिन सकिन्छ । घरवास नेपाली समुदायको पहिचान हो । प्राचीन पद्धति पनि हो । जहाँ साँझमा आउने पाहुनालाई घरमा वास दिने प्रचलन अहिले पनि छँदैछ । मिठो मसिनो घरमा जे पाकेको छ, त्यही दिने, सफा स्वच्छ ओछ्यानमा सुत्न दिने, पारिवारिक वातावरण दिने जुन संस्कार छ, त्यसको विकसित रुप नै आजको घरवास हो । पाहुना घरमा आउछन्, घरमा नै पाकेको सादा खाना, ढिँडो, सिस्नु, सागसब्जी, अचार, दाल जस्ता खानाले पर्यटकको स्वागत गर्ने हो । घर जस्तो रहे पनि सफा, आरामदायी ओछ्यानले पर्यटकको मन लोभ्याउने बातावरण सृजना गर्नु हो । यस्ता साधारण कार्यले पर्यटकको मन जित्न सकिन्छ । गाउँको प्रबद्र्धनमा सघाउ पु¥याउँछ । त्यस्तै, एउटा विदेशी पर्यटकलाई सहरमा अवस्थित तारे होटलमा भन्दा ग्रामीण भेगका साधारण परिकार खाएर, स्वच्छ हावापानी र गाउँले जीवनसँग घुलमिल गराउने वातावरण सिर्जना गरिनु पर्छ । यस्तै किसिमको पारिवारिक घुलमिलले उक्त स्थानमा फेरि जाउँ–जाउँ लाग्ने आकर्षण सिर्जना गर्न सकिन्छ । जसले स्थानीयको आर्थिक आयआर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
हामीले पर्यटन वर्ष मनाईरहँदा एक पर्यटकलाई नेपालको कुन गाउँ उपयुक्त होला भन्ने विषयमा नेपाल सरकारले पनि देखाउन नसक्ने अवस्था छ । यस्तो किसिमको वातावरण ग्रामीण भेगमा बनाउन सके पर्यटकहरु विभिन्न प्रयोजनको लागि सो स्थानमा आउने सम्भावना रहन्छ । आय आर्जनले गर्दा गाउँको चेतनाको स्तरमा वृद्धि भई स्वाबलम्बी बानीको विकास हुन्छ । विकास निर्माणको दृष्टिले भूकम्पले हामीलाई नयाँ अवसर पनि दिएको छ । हामीले अवसरलाई ग्रहण गरी सदुपयोग गर्न जरुरी छ । स्थानीय निकायहरुले आफ्नो क्षेत्रको विकासमा विभिन्न नीति बनाएर लागू गर्नु पर्दछ ।
अहिलेको परिपे्रक्ष्यमा होमस्टेले एक स्थानका वासिन्दाले अन्यत्र परिचित गराउँनुका साथै सम्पदा, संस्कृतिको समेत जर्गेना गर्ने देखिन्छ । हाम्रा पुर्खाहरुले मनाउँदै आएका संस्कृतिक वैशिष्ट्य एवं पर्वहरु स्थानीय युवाहरुको अगुवाईमा प्रदर्शित गरेर पर्यटकहरुलाई मनोरञ्जन दिन सकिन्छ । नुवाकोटलाई नेपाल–चीन–भारतबीचको मध्यबिन्दुका रुपमा लिन सकिन्छ । त्रिशुली नदीमा ¥याफ्टिङ, ककनीमा रमाइलो पिकनिकको साथै छहरा छाँगारोहण गर्न, दरबार परिसरबाट प्याराग्लाइडिङ गर्न, त्यस्तै जिपलाइनबाट मनोरञ्जन लिन सकिने थुप्रै स्थलहरु रहेका छन् । गणेश हिमाल र लाङटाङ पदमार्ग नुवाकोट हँुदै सुरु हुन्छ । यी नै कारण यस क्षेत्रको आर्थिक र अन्य विकासमा कायाकल्प हुन सक्छ । प्रयत्न गरे राजधानीबाट नजिक रहेकोले नुवाकोट उत्कृष्ट पर्यटकीय गन्तवय बन्नेमा कुनै सन्देह छैन ।
सबैको साथ र हातोमालोद्धारा उल्लिखित काम गर्न सकिन्छ । बन्दपिुर र घलेगाउँ स्थानीयकै प्रयासस्वरुप पर्यटकीय गन्तव्यका रुपमा चर्चित बनेका हुन् । यो तथ्य नुवाकोटवासीले पनि बुझ्नु जरुरी छ । स्थानीय सरकारको समन्वय तथा सहकार्यमा होमस्टेमा सक्रियता बढाउने खालका विभिन्न नीति तथा कार्यक्रमहरु अघि सार्नु वाञ्छनीय छ । विभिन्न संघसंस्थाको समन्वयमा पिकनिक स्पटको पूर्वाधार विकास गर्ने बालउद्यान निर्माण गर्ने, अन्य मठमन्दिर तथा सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण तथा मर्मतसम्भार गर्ने जस्ता योजना निर्माणमा स्थानीय तहले चासो दिनु जरुरी छ ।
पछिल्लो समय नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाउने प्रतियोगिता हुँदै आएको छ । यो प्रतियोगिताले स्पेनको राष्ट्रिय खेल बुलफाइटको झल्को दिने कारणले पनि आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न सफल रहेको छ । त्यस्तै चिम्टेश्वर महादेव, बेलकोटगढी, बाघखोर लगायत विभिन्न रमणीय स्थलहरु रहेका छन् । नुवाकोटको शिखर बेंसीको समुद्रफिनी चामल, त्रिशुलीको कान्छी बदाम सबैतिर कहलिएको छ । त्यस्तै ककनीको स्टबेरी, ट्राउट माछा, ओखरपौवाको मुला पनि राजधानीमा प्रख्यात रहेको छ । त्यस्तै नुवाकोट दरबार परिसर, देवीघाट, बनदेवी, तादी र त्रिशुलीको संगममा रहेको देवी जालपा मन्दिर, दुप्चेश्वर मन्दिर, बेत्रावतीको त्रिबेणी धाम यहाँको सांस्कृतिक धरोहर हुन् ।
स्थान, परिवेशअनुसार पर्यटन प्रबद्र्धनमा बिशेष जोड दिनु पर्दछ । ती विषयमा स्थानीय तहले सूक्ष्म अध्ययन, अनुसन्धान गर्नुका साथै सम्भावित पर्यटन प्रबद्र्धनका कार्यक्रमहरु प्राथमिकताका आधारमा सञ्चालन गर्नु पर्दछ । साँच्चै नै अन्तर्राष्ट्रिय मार्गको रुपमा रसुवागढी–गल्छी–ठोरी सडक, केरुङ–काठमाण्डौं मार्ग तथा केरुङ–पोखरा–लुम्बिनी रेलमार्ग सञ्चालनमा समेत नुवाकोटको भूमि प्रयोगमा आउने भएका कारण नुवाकोटको भविष्य उज्ज्वल छ । तथापि भविष्य त्यतिकै उज्ज्वल हुने होइन, यसमा मानवीय सक्रियता अनिवार्य हुन्छ, त्यसमा पनि स्थानीय जागरूकता ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेट १ मा पार्टी प्रवेशको लहरले मैनाली अगाडि
नुवाकोट–१ मा झण्डै दुई हजार जना एमाले प्रवेश
नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने





प्रतिक्रिया