किस्पाङका घलेको लेक लागेर मृत्यु
विदुर खबर
२०८२ कार्तिक १० गते २१:१६

नुवाकोट । मनाङमा लेक लागेर नुवाकोटका एकजनाको मृत्यु भएकाे छ ।

मनाङ्को नार्पाभूमी गाउपालिका वडा नम्बर ४ , याकखर्कमा लेक लागेर नुवाकोट जिल्ला किस्पाङ गाउपालिका वडा नम्बर १ का ४९ बर्षीय साम्बा घलेको शुक्रवार दिउँसो ३ बजे घटनास्थलमा नै मृत्यु भएको हो ।

साम्बा घले याकखर्कमा पर्यटकको भारी बोकेर फर्कने क्रममा अस्वस्थ भएका थिए । उनी बिरामी परेको केही समयमा नै उनको निधन भएको मृतकका ज्वाइले जानकारी दिएका छन ।
मौसम खराबीका कारण तत्काल उद्वार कार्य सम्भब नभएको जिल्ला प्रसासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारीका अनुसार घटनास्थल प्रहरी चौकी च्याखु बाट १४ किलोमीटर उत्तर तर्फ रहेको छ ।
जुन ठाउमा पुग्न १२ घण्टा पैदल यात्रा गर्नुपर्छ । शब आइतबार हेलिकप्टरबाट ल्याइने जिल्ला प्रसासन कार्यालय मनाङले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया