निजगढमा ईन्टरनेशल क्योकुशिनकाई युनियन डोजो स्थापना

विदुर खबर २०७६ फागुन ७ गते १९:३८

नवराज चौलागाईं, निजगढ । ईन्टरनेशल क्योकुशिनकाई युनियन नेपालको डोजो निजगढमा पनि संचालनमा आएकोछ । निजगढ ईन्टरनेशल क्योकुशिनकाई युनियन डोजो क्लवले निजगढमा प्रथम उपडोजो संचालनमा ल्याएकोहो ।

Advertisement

बुङ्गजोरमा संचालन गरिएको उपडोजोको बुधबार निजगढका मेयर र उपमेयरले उद्घाटन गर्नुभएकोहो । प्रजातन्त्र दिवशको अवशर पारेर उद्घाटन गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै निजगढका मेयर सुरेश कुमार खनालले नगरमा खेलकुद बिकास गर्न नगरपालिकाले बिभिन्न योजनाका साथ काम गरिरहेको बताउनुभयो। मेयर खनालले खेलकुदको माध्यमबाट अनुशाशनको बिकास हुने भएकाले समजामा जुवाडे,ठगि,सामाजिक हिंशा लगायत अन्य बिभिन्न किसिमका गतिविधिमा सुधार ल्याउन खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुहुँदै निजगढलाई सभ्य शहरको रुपमा बिकास गर्नेगरि काम गर्नु आफ्नो उद्धेश्य रहेको बताउनुभयो ।

खेलकुद गतिविधिमा वृद्धि ल्याएर गुणस्तरीय खेलाडी उत्पादन गर्न नगरपालिकाले बिभिन्न खेलका प्रशिक्षकहरु व्यवस्था गर्ने योजना बनाईरहेको र छिट्टै नै निजगढमा अत्याधुनिक फुटबल प्रशिक्षण केन्द्र स्थापना हुने बताउनुभयो । यस्तै उपप्रमुख लिलादेवी लामिछाने खनालले खेलकुदको माध्यमबाट समाज र देशको परिचय खुल्न मद्धत गर्ने भएकाले नगरपालिकाले खेलाडी उत्पादनमा जोड दिन आगामी योजनाहरुमा बिभिन्न कार्यक्रमहरु प्रस्तुत गर्ने बताउनुभयो । कार्यक्रममा ईन्टरनेशल क्योकुशिनकाई युनियन नेपालका प्रशिक्षक र खेलाडीहरुले डेमोन्स्त्रेसन प्रस्तुत गरेकाथिए । निजगढ ईन्टरनेशल क्योकुशिनकाई युनियन डोजो क्लव निजगढका अध्यक्ष शुक्रमान लामाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा निजगढको खेलकुद बिकासका अग्रज व्यक्तित्व तथा युवा समाजसेवी पेमासिद्धि लामा,वडा नम्बर ८ का अध्यक्ष टेक बहादुर लामा,११ का अध्यक्ष प्रेम बहादुर लामा,१२ का अध्यक्ष ज्ञान बहादुर गोले,१३ का अध्यक्ष सुर्य घलान लगायत स्थानीय सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेकोथियो ।

Advertisement

ईन्टरनेशल क्योकुशिनकाई युनियन नेपाल प्रदेश २ का संयोजक अर्थामान बज्यु तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको संचालन नेपाल सांस्कृतिक संघ बाराका सभापति भाईकाजि श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया