नेपालको एकदिवसीय बरियतामा सुधार
नुवाकोट । अन्तरराष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) को एकदिवसीय बरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।
आइसिसीले जारी गरेको बरियताअनुसार नेपाल १६औँ स्थानमा उक्लिएको छ । यसअघिको बरियतामा नेपाल १७औँ स्थानमा थियो । हालै नेपालले घरेलु मैदानमा विश्व क्रिकेट लिग दुईमा आफ्नो प्रदर्शनमा सुधार गरेका कारण एक स्थान माथि उक्लिन सफल भएको हो । लिग दुईमा नेपालले अमेरिकासितको दुवै खेल जितेको थियो । ओमानसितको दुवै खेलमा भने नेपाल पराजित भएको थियो । नयाँ बरियताअनुसार नामिबिया, युनाइटेड अरब इमिरेटस् (युएई), अमेरिका र पपुवा न्युगिनी नेपालभन्दा पछाडि रहेका छन् । बरियताअनुसार शीर्ष स्थानमा बेलायत रहेको छ ।
दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा दक्षिण अफ्रिका र पाँचौँ स्थानमा अष्ट्रेलिया छ । आइसीसी विश्व टी २० बरियतामा भने नेपाल १२औँ स्थानमा यथावत छ । व्यक्तिगततर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले आफ्नो बरियतामा सुधार गरेका छन् भने पारस खड्का यथावत अवस्थामा छन् । बलिङमा सन्दिप ८४औँ स्थानमा छन् । यसअघि उनी ८५औँ स्थानमा थिए । यसअघि ७५औँ स्थानमा रहेका करन ७४औँ स्थानमा पुगेका छन् । यस्तै अलराउण्डरतर्फ पारस २७औँ स्थानमा यथावत छन् । ब्याटिङतर्फ पारस ६२औँ स्थानमा यथावत छन् । समोपाल कामी पनि ६५औँ स्थानमा यथावत छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए





प्रतिक्रिया