नुवाकोटको पन्चकन्यामा ‘चेयरमेन कप’ भलिबल प्रतियोगिता शुरु
नुवाकोट । ‘नुवाकोट जिल्ला अन्तरपालिकास्तरीय प्रथम पञ्चकन्या ‘चेयरमेन कप’ भलिबल प्रतियोगिता माघ २५ गते देखि सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री एंव नेकपा अध्यक्ष प्रचण्डले गर्नुभएको हो । कार्यक्रममा १३औँ सागमा नेपाललाई स्वर्ण पदक जिताउन सफल हुनुभएका पञ्चकन्या गाउँपालिका थप्रेकका अनु अधिकारीलाई नगद पचास हजार रुपैयाँले सम्मान गरिएको छ ।
यस्तै, रजत पदक बिजेता अनिता अधिकारी–भण्डारीलाई नगद ३० हजार रुपैयाँले सम्मान गरिएको छ । यस्तै, नुवाकोट जिल्लामा जन्मेर १३औँ सागमा स्वर्ण पदक बिजेता अभिषेक रिजाल, लक्ष्मी मगर र बृद्धिबहादुर तामाङलाई नगद १५ हजार रुपैयाँले नेकपाको अध्यक्ष प्रचण्ड मार्फत सम्मान गरिएको छ । यस्तै, रजत र कास्य पदक बिजेता मिना ग्लान, कृष्णबहादुर तामाङ, संजित डंगोल, अस्मिता राई, अञ्जु तामाङ, रेजिन रिमाल र राजिब पुडासैनीलाई १० हजार नगद सहित प्रमाणपत्रले सम्मान गरिएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया