रसुवाको लाङटाङमा प्रभु बैंकको शाखा

विदुर खबर २०७६ माघ १६ गते २१:११

रसुवा । प्रभु बैंक लिमिटेडले आज बिहीबारबाट रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङ–केन्जिङमा २०६ औँ शाखा सञ्चालनमा ल्याएको छ ।

Advertisement

बैंकको लाङटाङ शाखा कार्यालयको उद्घाटन गोसाइँकुण्ड गाउँपालिकास्थित प्रशिद्ध केन्जिङ गुम्बाका प्रमुख लामा साङ्गे लामाले एक समारोहबीच गरे । लामाले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रुपमा आधुनिक बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । उनले प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको उल्लेख गर्दै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवीलगायतको उपस्थिति थियो । लाङटाङ शाखाबाट त्यहाँका स्थानीय, सर्वसाधारण, कम्पनी तथा संघसंस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा लाङटाङ शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ ।

Advertisement

प्रतिक्रिया