क्षेत्रपाल माविलाई राष्ट्र्पति रनिङशिल्ड प्रतियोगिताको उपाधि

विदुर खबर २०७६ माघ १५ गते २१:१५

चौघडा । लिखु गाउँपालिकामा संचालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर ४ मा रहेको क्षेत्रपाल माविले हात पारेको छ ।

Advertisement

लिखु गाउँपालिकाको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा चौघडा माध्यामिक विद्यालयले २० स्वर्णसहित उपाधि उचालेको हो । सात विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा ३ स्वर्ण र ६ रजत सहित ज्योति कुञ्ज एकेडेमी दोस्रो र ३ स्वर्ण र ५ रजतसहित शान्तिकुञ्ज एकेडेमीले तेस्रो स्थान हात पारेको छ ।

दुई दिनसम्म संचालन भएको प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठले आगामी दिनमा गाउँपालिकाले खेल क्षेत्रलाई प्राथमिकता दिएर विजेट विनियोजन गर्ने बताए । प्रतियोगितामा करिव एकसयभन्दा बढी विद्यार्थी सहभागि भएका थिए ।

Advertisement

प्रतिक्रिया