एकमहिनामा लामटाङ रााष्ट्रिय निकुञ्जमा चौध लाख राजस्व संकलन

विदुर खबर २०७६ माघ १५ गते २०:०५

रसुवा । लामटाङ राष्ट्रिय निकुञ्जको कार्यालय रसुवाले पुस महिनामा मात्रै पर्यटनबाट १३ लाख ६५ हजार आठ सय रुपैयाँ संकलन गरेको छ ।

Advertisement

वन प्राविधिक एवम रेञ्जर रमेश बस्नेतका अनुसार पौष महिनामा निकुञ्ज प्रवेश गरेका नेपाली २ सय ६२ जना, सार्क मुलुकका ५ जना र अन्य देशका विदेशी ४ सय ४४ रहेका छन् । यस्तै निकुञ्ज भित्रका काठ दाउरा विक्रिबाट ४६ हजार ५ सय ६ रुपैयाँ ढुङ्गाबाट ५ हजार ६ सय ६० रुपैयाँ र अन्य राजश्वबाट ५० हजार ६ सय ३० रुपैया संकलन भएको छ । यस पौष महिनामा वन्यजन्तुबाट मानविय क्षति भने नभएको रेञ्जर बस्नेतले बताए । यही पौष महिनाभित्र निकुञ्ज क्षेत्रभित्रका ५ ठाउँमा जङगली जनावरले अन्नवाली नोक्सान गरेको छ ।

निकुञ्ज क्षेत्रमा हुने वन पैदावारको चापलाई न्युनिकरण गर्न तथा मध्यवर्ति क्षेत्र व्यवस्थापनको लागी २१ वटा उपभोक्ता समिति र १९१ वटा उपभोक्ता समुह र नौ वटा गाउँपालिका जसमा रसुवा —४, नुवाकोट—३, सिन्धुपाल्चोक—२ वटा गाउँपालिकामा एक हजार मिटरदेखि सात हजार दुई सय मिटरसम्म फैलिएको यो निकुञ्ज जैविक विविधताको भण्डार मानिन्छ ।

Advertisement

वन, घाँसे मैदान, झाडी बुट्यान तथा सिमसार क्षेत्र यस निकुञ्जको विशेषता रहेकाले साल, कटुस, खोटे सल्ला, गोब्रे सल्ला, धुपी, भोजपत्र, गुँरास, ओखर, खसु्र लगाएतका सय प्रजातीहरु पाइन्छन् । रेडपाण्डा, कस्तुरी, मृग, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्ँवासो, सालक चरि बाघ, आसामी बाँदर, हिमाली कालो भालु यस निकुञ्जको गहनाको रुपमा रहेको रेञ्जर बस्नेतले बताउनु भयो ।

प्रतिक्रिया