रसुवामा पर्यटनको अथाह सम्भावना तर ठग्यो राजनीतिले

विदुर खबर २०७६ माघ १० गते ११:११
सुब्वा लामा

                                                                                 सुब्वा लामा

नेपालमा बेमौसमी चुनाब जब आउँछ रसुवा जिल्लामाचाहिँ कहीँ नदेखिएको जात्रा हाँडीगाउँमा भनेजस्तो । चुनावको समयमा पैसाको खोलो बिक्छ । पैसाले नै चुनाव हार्ने र जित्ने निक्र्याैल गर्ने गर्छ । जनताको भोट पैसाले किनिन्छ नकि भिजनले । यहिँ कारणले रसुवाको नाम सधैँ बदनाम हुदै आइरहेको छ । सुन तस्करीहरु यो क्षेत्रमा उम्मेदवार बनेर जनताको भोट किन्छन् र जनता पनि बिक्छन् नै । यहिँ पर्यटन क्षेत्र रसुवाको भित्र लुकेको परिचय । जहाँ बाह्य मानिसहरुले रकम देखाएर जिल्लालाई आफ्नो काबुमा राख्दै आएको छ । तर, रसुवा जिल्लाको परिचय त्यो होइन ।

Advertisement

रसुवा जिल्ला एउटा प्रकृतीले भरीपूर्ण जिल्ला हो । अन्यभन्दा पर्यटन क्षेत्रतर्फ प्रचुर सम्भाबना बोकेको जिल्ला हो । तर, यहाँ पर्यटनको अथाह सम्भावना हुँदाहुँदै राजनीतिकरणले ठगेको छ । प्रचुर सम्भावाहरु त्यत्तिकै बिलाएर जाने पीर छ । पर्यटन क्षेत्रा अथाह सम्भावना सम्भावना हुँदाहुँदै राजनीतिले ठगेका कारण सँधै पछाडीको पछाडी नै रहिररहेको छ रसुवा । रसुवा जिल्लामा पर्ने तेस्रो पर्यटकीय स्थल लाङटाङ, क्याञ्जिङको गुमनाम जस्ता भएका छन् । धार्मीक तीर्थस्थलको रुपमा विश्वभर प्रसिद्ध रहेको गोसाइकुण्ड यहीँ जिल्लामा पर्दछ । तर, अझैँ गोसाइकुण्डमा पर्यटकहरुलाई सहज रुपमा पुग्ने वातावरण मिलाउन सकिएको छैन । कारण, केवल उहिँ राजनीति । त्यस्तै, विश्वकै दूलर्भ रेड पाण्डा पनि यहिँ क्षेत्रमा पाइन्छ तर, सँधै चोरी सिकारी र पैठारी गरिँदै आउनु र राजनीतिक संरक्षणले त्यो कार्यमा अझ तस्करको मनोबल बढेको समाचार पढ्नमा पाइन्छ । यो भन्दा विरक्तालाग्लो क्षण के हुन्छ र?

वि.स. २०२१ सालमा नुवाकोटसँग छुट्टिएको रसुवा जिल्लाको अनुहार उहिँ मलिनै छ । कुनै चमकपन छैन । राजनीति वृत्तमा नुवाकोट धेरै माथि पुगिसकेको छ । सांसद भवनसम्म नेतृत्वकर्ताहरु पुगेर नुवाकोटको विषयमा आफ्नो आवाज बुलन्द पार्न सक्षम छन् तर, रसुवाबाट केन्द्रमा पुग्ने त्यस्ता कुनै नेताको उदय भएको छैन । त्यसो त हामी जनताका पनि धेरै कमजोरीहरु रहेका छन् । हामीले राम्रो राजनीतिकर्मीलाई छान्न र चुन्न असफल भयौँ । रसुवाको हकमा कुरा गर्नुपर्दा पैसाकै पछि दौँडिने र पैसालाई नै भोट हाल्ने प्रवृत्ति नसच्चिएसम्म ‘जता बिटो उतै ठिटो’ भइरहन्छ । यो परम्परा नसच्चिएसम्म रसुवाको मुहार फेरिँदैन र यहाँको पर्यटकीय स्थलले मलजल नपाउने पक्का छ । अन्य क्षेत्रका मानिससँग जति क्षमता र सीप छ त्यति नै यो क्षेत्रका बासिन्दासँग पनि छ तर, जे काममा पनि पैसा नै दाँजिन्छ । अझ चुनावको समयमा त अनुहार नदेखिएको तर, रकमको बिटा बाँड्ने पर्यटक उम्मेदवारले जितेको उदाहरण सबैमा छर्लंग छ, घामझैँ ।

Advertisement

कुनै देशभित्र राजनीति गतिलो भएन भने सँधै यस्तै हुन्छ । अनि सत्तिले सराप्यो..भनेर मन अमिलो पार्दै झोक्राउँदै बस्नुसिवाय अरु उपाय रहँदैन । तर, चुनावताका फोकडमा बाँडेको रकम किन नलिने ? भन्ने प्रवृति जनस्तरले बुझ्नुपर्छ । सर्वप्रथम यति बुझिएको अवस्थामा पनि केही सुधारका कार्यहरुले गति लिनेछन् । जबकि समाज बदल्नु÷बदलिनुअघि मनोविज्ञान बदल्नु जरुरी छ । तर, यो कुरा सजिल्यै सँग छिमेकी जिल्ला नुवाकोटेलीले बुझे तर, हामीले बुझेनौँ ।

प्रतिक्रिया