रसुवाका नौकुण्डमा पालिकास्तरीय भलिवल प्रतियोगिता हुँदै

विदुर खबर २०७६ माघ ९ गते १९:२४

रसुवा । नौकुण्ड गाउँपालिकामा पालिका स्तरिय भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

Advertisement

२८५६ औ ल्होछार (जिवा ल्हो)को अवसरमा कार्यक्रम सञ्चालन हुन लागेको हो । कार्यक्रम सर्कुलिङ गुम्बा व्यबस्थापन समितिले आयोजना गरेको हो । कार्यक्रममा प्रदेशका मन्त्री दावा दोर्जे तामाङ आउने छन् ।  कार्यक्रमलाई नौकुण्ड गाउँपालिकाले सहयोग गरेको छ । कार्यक्रम माघ ११ गते नौकुण्ड-४ पाटिखर्कमा आयोजना हुँदैछ । कार्यक्रममा गायक प्रेम लामासहित स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने छ ।

गायक लामाले हे मैच्याङ,सरकारी जागिर,चौतारी,शिरबन्दी,घुम्नलाई आउँदा रसुवा लेक,सेलोमा राम्रो जुहारी, माथि है लेकमा लगायत गीत बजारमा ल्याएका छन् ।

Advertisement

प्रतिक्रिया