नेपाल विश्वकपको ग्लोबल छनोटमा
नुवाकोट । भारत आयोजना हुने सन् २०२१ को आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको लागि नेपालले सिधै ग्लोबल छनोट खेल्ने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्वकपका लागि बिहिबार निकालेको रोडम्याप अनुसार नेपालले सिधै ग्लोबल छनोट खेल्ने मौका पाएको हो ।आईसीसीको जनवरी १ मा सार्वजनिक भएको टी-ट्वान्टी वरियताका आधारमा नेपाल सिधै ग्लोबल छनोटका लागि छनोट भएको हो । नेपालसंगै जिम्बाबे, हङकङ र युएईले सिधै ग्लोबल छनोटमा स्थान बनाएका छन् ।
ग्लोबल छनोटमा १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । नेपालसंगै जिम्बाबे, हङकङ र युएईले क्षेत्रिय छनोटबाट आएका १२ राष्ट्रसंग विश्वकपमा स्थान बनाउनका लागि खेल्ने छन् । ग्लोबल छनोटबाट उत्कृष्ट चार टिमले विश्वकपमा सहभागिता जनाउन पाउने छन् ।यस्तै यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकप टी-ट्वान्टीमा छनोट भएका १२ टिमले भने सिधै प्रतियोगितामा स्थान बनाएका छन् ।ग्लोबल छनोट ८/८ राष्ट्रको विभाजन गरी सन् २०२१ को मार्च देखि जुलाई सम्म चल्ने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया