नेपाल विश्वकपको ग्लोबल छनोटमा

विदुर खबर २०७६ माघ ९ गते १९:०१

नुवाकोट ।  भारत आयोजना हुने सन् २०२१ को आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको लागि नेपालले सिधै ग्लोबल छनोट खेल्ने भएको छ ।

Advertisement

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्वकपका लागि बिहिबार निकालेको रोडम्याप अनुसार नेपालले सिधै ग्लोबल छनोट खेल्ने मौका पाएको हो ।आईसीसीको जनवरी १ मा सार्वजनिक भएको टी-ट्वान्टी वरियताका आधारमा नेपाल सिधै ग्लोबल छनोटका लागि छनोट भएको हो । नेपालसंगै जिम्बाबे, हङकङ र युएईले सिधै ग्लोबल छनोटमा स्थान बनाएका छन् ।

ग्लोबल छनोटमा १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । नेपालसंगै जिम्बाबे, हङकङ र युएईले क्षेत्रिय छनोटबाट आएका १२ राष्ट्रसंग विश्वकपमा स्थान बनाउनका लागि खेल्ने छन् । ग्लोबल छनोटबाट उत्कृष्ट चार टिमले विश्वकपमा सहभागिता जनाउन पाउने छन् ।यस्तै यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकप टी-ट्वान्टीमा छनोट भएका १२ टिमले भने सिधै प्रतियोगितामा स्थान बनाएका छन् ।ग्लोबल छनोट ८/८ राष्ट्रको विभाजन गरी सन् २०२१ को मार्च देखि जुलाई सम्म चल्ने छ ।

Advertisement

प्रतिक्रिया