रसुवामा राष्ट्रिय जनगणना २०७८ को तयारी शुरु

विदुर खबर २०७६ माघ ६ गते १९:५८

रसुवा । रसुवा जिल्लामा राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा जिल्लास्तरीय अन्तरक्रिया सरोकारवबलाहरुसँग सोमबार धुन्चेमा सम्पन्न भएको छ ।

Advertisement

तथ्याङक कार्यालय नुवाकोट रसुवाको आयोजनामा ‘मेरो गणना, मेरो सहभागिता‘ भन्ने मुल नाराकासाथ प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको अध्यक्षतामा १ दिने अन्तरक्रिया सम्पन्न भएकाे हाे ।

गोष्ठिमा गणक राख्दरा १७६ तथा धारा २०६ (घ) प्रतिनिधि सभा तथा प्रदेश सभाको क्षेत्र निर्धारणको लागी भूगोल र जनसङख्यालाई महत्वपुर्ण आधार मानेको तथ्याङक अधिकृत नरेन्द्रराज भट्टले बताउनुभयो । उहाँले जनगणनाको ईतिहास तथा २०७८ को विषयमा कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।
डाटा इन्ट्री गर्न सक्ने दक्ष व्यक्ति छनौट लगाएत कोही नछुटिकन कोही नदोहोरिकन नारा अनुसार कै काम हुनुपर्ने सरोकार वालाहरुले बताएका छन ।

Advertisement

गोष्ठीमा अर्जुन भण्डारी, कालिजंग गणका प्रमुख सेनानी (गणपति) सर्वेन्द्र नगरकोटि, शसस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरी प्रमुख , अनुसन्धान अधिकृत ,नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ कालिका गाउँपालिका प्रमुख सिता अधिकारी प्रशासकिय अधिकृत, सञ्चार कर्मीलगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया