अनेरास्ववियू रसुवाको संयोजकमा पौडेल
विदुर खबर
२०७६ माघ ६ गते १९:४१

रसुवा । अनेरास्ववियू रसुवाको संयोजकमा अर्जुन पौडेल चयन भएका छन् । तत्कालीन एमाले र माओवादी बीच भएको एकीकरणपछि काठमाडौंमा बसेको अनेरास्ववीयूको पहिलो पूर्ण बैठकले पौडेललाई संयोजकमा सर्वसम्मत चयन गरेको हो ।
यसैगरी सहसंयोजकमा सनथ देवकोटा चयन भएका छन् । पौडेल अखिल क्रान्तिकारी रसुवाको अध्यक्ष रहेका थिए । पौडेलले २०७४ देखि २०७६ सालसम्म अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
उनले आगामी दिनमा जिल्लामा स्ववियु स्थापना गर्ने, संगठन विस्तार गर्ने तथा समन्वय र सहकार्य गरी सम्मेलन सम्पन्न गर्ने बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया