दूप्चेश्वर कप भलिबल प्रतियोगिता सुरु

विदुर खबर २०७६ माघ ४ गते २०:३४

समुन्द्रटार । ‘तेश्रो दूप्चेश्वर कप भलिबल प्रतियोगिता’ सुरु भएको छ । आज गाउँपालिकाको उपाध्यक्ष अञ्जु आचार्यले प्रतियोगिता सञ्चालनको लागी रेफ्रीलाई बल प्रदान गरेर  प्रतियोगिता सुरु भएको हो ।

Advertisement

आज भएको प्रतिस्पर्धामा आयोजक दुप्चेश्वर क्लबले पञ्चकन्या ‘बी’ समूहलाई, पञ्चकन्या गाउँपालिकाको समूहले दूप्चेश्वरको गाउँखर्कको पागर समूहलाई र सहआयोजक समेत रहेको सोसल सर्भिस युथ क्लब समुन्द्रटारले कल्याण मावि बालकुमारीलाई हराएको छ ।

यसैगरी, आजै भएको अन्य खेलमा तादी गाउँपालिकाको समूहले गाउँखर्कको पागर समूहलाई र म्यागङ गाउँपालिकाको समूहले तादी गाउँपालिकाबाट प्रतिनिधित्व गरेको योङ्ग ब्याइज समूहलाई हराएको खेल व्यबस्थापन मिलाउनुभएका शशी आचार्यले जानकारी दिनुभएको छ ।

Advertisement

प्रतियोगितामा नुवाकोटको विभिन्न स्थानीयतहबाट नौ समूहले लागी सहभागिता जनाएका छन् । प्रतियोगितामा दूप्चेश्वर गाउँपालिकाबाट चार समूह, पञ्चकन्याबाट दुई, तादीबाट दुई र म्यागङ गाउँपालिकाबाट एक समूहले सहभागिता जनाएको खेल ब्यवस्थापन गर्दै आउनुभएका वडाअध्यक्ष धुव्रकर केसीले जानकारी दिनुभएको छ । उहाँको अनुसार प्रतियोगितामा पहिलो हुने समूहलाई ८० हजार, दोश्रो हुनेलाई ५० हजार, तेश्रो हुनेलाई ३० हजार र सान्त्वना स्थान हासिल गर्ने समूहलाई १० हजार , पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गर्न लागिएको छ ।

 

Advertisement

प्रतिक्रिया