रसुवा भन्सार कार्यालयले उठायो ६ महिनामा सात अर्व राजश्व

विदुर खबर २०७६ माघ २ गते १९:१३

रसुवा । चालु आर्थिक वर्षको ६ महिनामा रसुवा भन्सार कार्यालयले ७ अर्व ३३ करोड राजश्व संकलन गरेको छ ।

Advertisement

प्रमुख भन्सारअधिकृत पुण्यविक्रम खडकाकाअनुसार गत आ.व. को सुरुको ६ महिनामा रु ५ अर्व ६२ करोड राजश्व संकलन गरेको थियो भने अहिलेको आ.व. मा यति उठेको हो ।

प्रमुख भन्सार अधिकृत खडकाले भन्नु भयो– ‘राजश्वचुहावट रोक्ने कार्यमा शसस्त्र प्रहरी वल २१ नम्बर गुल्मले राम्रो काम गरेको र छिटो छरितो सामान परिक्षण गर्न ३० जाँचकी परिचालन गरी सामाग्रीको मुल्याङकनबाटउक्त राजश्व संकलनभएको हो ।‘
उत्तरी नाका रसुवागढी हुँदै जुत्ता, चप्पल, थर्मस, इलेक्ट्रोनिक सामान, कम्बल, विद्युत निर्माणका सामाग्री, कपडा, खेलौना, तयारी पोशाक, जिम्बु जस्ता विविध सामाग्री आयात हुने गर्दछ ।

Advertisement

प्रतिक्रिया