गोसाइकुण्डको उत्पति, बौद्ध र हिन्दुको आफ्नै बुझाइ

विदुर खबर २०७६ माघ १ गते १७:४५

रसुवा ।समुन्द्री सतह देखि ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाइकुण्ड उत्पति र महिमा को आफ्नै महत्व बोकेको छ । गोसाइकुण्ड बारे हिन्दु धर्मको बुझाइ रहेका छ ।भने बौद्ध एवम बोम्बो धर्मको अनुयायीहरुको आफ्नै बुझाइ रहेको छ ।

Advertisement

गोसाइकुण्ड उत्पति हुनु पहिले महादेव का दुई जना दाजुभाइ रहेछन् दाजुको नाम छोना थियो ।उनिहरु बस्नका लागी स्वच्छ ठाउँ खाज्दै हिडेछन सबै भन्दा पहिले काठमाण्डौ आइपुगेछन ।काठमाण्डौ बाट साँढेको रुप धारण गरेर नमोबुद्ध पुगेछन त्यहाँबाट एकपटक पाँच पोखरी पुगेछन पाँच पोखरीबाट कालो गंगा पुगेछन ती दुवै ठाउँमा मादेउ दाजुभाइ बस्न मन लागेनछ ।

स्वच्छ ठाउँ खोज्दै उनिहरु बेत्रावति आइपुगेछन त्यहाँ मादेउ सुन को त्रिशुल चढाएका छन् ।त्यसपछि भार्खु आइ पुगेछन त्यहा पनि सुनकै त्रिशुल चढाएछन त्यसपछि सानो भार्खु आइपुग्यो ।भार्खुमा एउटा कुण्ड बनाएर बसेछन् तर गाइ बस्तु आउने मानिसहरु को आवतजावत हुने ककुरले पनि नाघ्ने हुदा त्यहा शुद्ध ाहुने भएपछि त्यो नाघ्ने हुदा त्यहा शुद्ध नहुने भएपछि त्यो भन्दा माथि लेकमा सरे त्यही कुण्ड बनाएर बसे ।त्यस कुण्ड नीलो रङको देखिन्छ भार्खु गाउँको माथिको जंगल मा पर्दछ ।

Advertisement

यहाँ पनि गाइवस्तु आउने तथा कुखुराको भाले बासेको सुनिने रहेछ भनेर फेरी अर्को शान्त ठाउँ खोज्दै हिडेछन नाम्सुङ भन्ने ठाउँमा कुण्ड बनाएर बसेछन नाम्सुङ भन्ने ठाउँमा कुण्ड बनाएर बसेछन ।नाम्सुङमा पनि चौरी गाई, भेडा बाख्रा आदी आएर कुण्डलाई दुषित बनाउने तथा कुण्ड को पानि नाङमा पनि चौरी गाई, भेडा बाख्रा आदी आएर कुण्डलाई दुषित बनाउने तथा कुण्ड को पानि नाघ्ने भएपछि यो ठाउँ पनि शुद्ध भएन , अर्को नयाँ ठाउ खोजी गर्न जाऔँ भन्ने दाजुभाई को सल्लाह भएपछि दाजु छोनाले भाईलाइ भने म राम्रो ठाउँ खोज्न जान्छु ठाउँ पाएपछि तिमिलाई लिन आउछु यति चनेर उनि हिडेछन तर धेरै समय वितिसक्दा पनि दाजु फर्केर आएनन् ।

मादेउलाई दाजुको चिन्ता प¥यो अब भएन खोज्न जाऔ भनेर दाजु लाई खोज्न हिडे च्योलाङ माथिको गुराबमा पुग्दा पनि दाजुलाई भेटाउन सकेनन् तर ध्यानबाट उनले यहाँबाट पूर्व दिशातिर अघि बढनु भन्ने संकेत पाएछन् लौरीविनायक माथिको डाँडो नौक्या गाङमा पुगेर दक्षिण तिर हेर्दा दाजुले दक्ष्ँिणतिर भीर पारेर ठुलो कुण्ड बनाएर बसेको दखियो ।दाजुले राम्रो ठाउँ पाएपछि भाइलाई बिर्सेको उनले चाल पाए ।
उनले आकाशतिर हेर्दै मनमनै भने ए मैले त दाजुको चिन्ता लिएर बसेको थिए ।दाजुले राम्रो ठाउँ पाएपछि भाइलाइ बिर्सिदा रहेछन त्यसकारण म भन्छु भने मेरो मनमा पाप रहेछ भने मैले दाजु भन्दा नराम्रो ठाउँ पाउ दुनियाले मेरो कुण्डमा नुहाएर बगेको पानि दाजुको कुण्डमा जाओस ।

मनमनै यति भनेर त्रिशुलले पहरामा हान्दा एक पटक पार्वति को स्तन मा लागेछ र दुध निस्केछ अर्को पटक हान्दा गंगालाइ लागेछ र पानि निस्केछ दुध र पानि मिसिएको बाट सेतो रङकोठुलो कुण्ड बन्यो पहिले सेतो रङको कुण्ड थियो ।त्यसैले गोसाइकुण्ड लाई सेतोकुण्ड भनिएको हो छोना कालो कुण्ड हो किम्बदन्ति अनुसार मादेउको मन सेतो भएकाले त्यो कुण्ड सेतो बन्यो र दाजुको मन कालो भएको हुनाले दाजुको कुण्ड कालो भएको हो ।गोसाइकुण्ड र भैरब कुण्ड दाजुभाई हुन ।

Advertisement

फेरि दाजुभाईको सल्लाह भएछ दाजु तपाई नौसिङगे र दुइ सिङगे जीवमध्ये कुन चाही लिनुहुन्छ भनेर भाईले सोधेछन ।नौ सिङगे र दुई सिङगे कस्तो जीव हो त भनेर दाइलाइ सोधेछन नौसिङे त आकाश मा पनि उडन सक्ने रहेछ दुई सिङगे लाई भने हिडन पनि चारखुट्टा टेक्नुपर्दा रहेछ त्यसको सानो पुच्छर पनि रहेछ कुन चाहि लिनुहुन्छ भनेर भाइले फेरि सोधेछन दाजु चाहि ले म जेठो दाजु भएको हुनाले मलाइ नौसिङगे देउ तिमि भाई भएकोले दुई सिङगे लिउ भने छन् ।

नौसिङगे र दुई सिङगे अगाडि ल्याउदा नौसिङगे भनेको कुखुरा को भाले थियो ।जुन उड्न सक्थ्यो दुई सिङगे भनेको भेडा थियो दाजुलेनौसिङगे उडन सक्ने भनेपछि लोभ लागेर दाजुले मलाई नौसिङगे चाहिन्छ भनेको थिए ।कुखुराको भाले भन्दा भेडा ठुलो देखेपछि फेरि दाजुले यो हुदैन मलाइ दुई सिङगे चाहिन्छ भने त्यसो भए चिठ्ठा हालो भन्ने कुरा भयो चिठ्ठामा पनि भाइलाइ भेडा प¥यो त्यसपछि छोना ले चित बुझायो त्यसैले छोना को पुजा गर्दा कोदोको तोमो र कुखुराको भाले बलि चढाउनु पर्छ माउदेउ को पुजा गर्दा चामलको तोमो र भेडो बलि चढाउनुपर्छ ।

चन्द्र पात्रो अनुसार प्रत्येक वर्ष को मंसिर महिनाको पुर्णिमा (कात्तिक पुर्णिामा) रात भार्खु गाउँमा माउदेउ को पुजा गरिन्छ चँद्र पात्रो कै भदौ पुर्णिमा (साउन पुर्णिमा) जनैपुर्णिमाको दिन बोम्बोहरु ढ्याङग्रो बजाउदै गोसाइकुण्ड मा पुजा गर्न जान्छन बोम्बो सँग सँगै गाउँलेहरु आफ्नो मनोकामना पुरा गर्नका लागी गोसाइकुण्ड जान्छन् ।

छोना (दाजु) अलि रिसाहा थिए कुण्डभित्रको नाग र भैरब ले दुनिया लाइ धेरै दुख दियो यसै कुरा एकजना शक्तिशालि गोले तामाङ बोम्बो ले सुनेछ गोले बोम्बो ढ्याङग्रो बजाउदै स्वास्नी सहित आयो कुण्ड बाहिर पुगेर ढ्याङग्रो बजाएर फनफनी नाच्यो छोना लाई मन्त्रद्धारा चुनौती दियो स्वास्नी लाई ढ्याङग्रो बजाउन लगायो र भन्यो तिमिले नआतिकन ढ्याङग्रो बजाइ राख्नु ।यति भनेर गोले झाँक्री मन्त्र जपेर कुण्ड भित्र पस्यो एकछिनपछि जीउ भरि नागै नाग बाहिर ल्यायो ।नाग देखेर स्वास्नी धेरै डराइ र ढ्याङग्रो फालेर कुदिन ढ्याङग्रो नबजेपछि झाँक्री को मन्त्र खुस्कियो नागले झाँक्रीलाइ कुण्ड भित्र तानेर लग्यो यो घटनापछि गोले बंशका झाँक्री जुनै कुण्डमा जान सक्छन तर छोना भैरब कुण्ड भने कहिले आउदैनन् ।

यसैले बौद्ध र हिन्दु हरुको आ-आफ्नै महत्व रहेको छ ।ऐतिहासिक धार्मिक भौगोलिक एवम प्राकृतिक महत्व बोकेको गोसाइकुण्ड मा एक सय आठ कुण्ड रहेको छन् ।रसुवा, नुवाकोट र सिन्धुपाल्चोक तिन तिरको बाटो भएर गोसाइकुण्ड पुग्न सकिन्छ काठमाण्डौ बाट एक सय १७ कि.मि. झण्डै नौ घण्टा जति बसमा यात्रा गरेर धुन्चे बास बसेर आउन सकिन्छ हिन्दु हरुले महादेवको स्थानमा स्नान गरेपितृ तर्नुका साथै पुण्य मिल्छ भन्ने विश्वास राख्छन गोसाइकुण्ड मा नुहाएपछि भैरब कुण्ड हेर्न हुदैन भन्ने धार्मिक मान्यता रहेको छ ।जादा भैरव कुण्ड देख्दै डरलाग्दो कालो भएकाले प्राय मानिसले हेर्दैनन् ।

प्रतिक्रिया