रसुवाकाे मैलुङ जलविद्युत् आयोजनाको काम ठप्प

विदुर खबर २०७६ पुष २६ गते २१:२०

रसुवा ।  रसुवामा निर्माण भइरहेको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको काम रोकिएको छ ।

Advertisement

आयोजना निर्माण गर्दा स्थानीयलाई बेवास्ता गरेको र निजी जग्गामा असर पुर्‍याएको भन्दै स्थानीयले काम रोकेका हुन् । स्थानीयको अवरोधका कारण आयोजनाको तीन दिनदेखि काम अघि बढ्न सकेको छैन ।

आयोजनाले सडक निर्माणको क्रममा घरधनीको अनुमति नलिइ सडक खनेको, मुआब्जा नदिएको र जनप्रतिनिधिका आफन्तलाई ठेक्का दिएको भन्दै विरोध स्थानीयले जनाएका हुन् । आयोजनाले माग सम्बोधन गर्नुको साटो वार्तामा बस्नसमेत नमानेपछि काम रोक्न बाध्य भएको स्थानीय छेकु लामाले बताउनुभयो ।

Advertisement

शनिबार प्रभावित र आयोजनाबीच वार्ता भए पनि यसले कुनै निष्कर्ष निकाल्न सकेन । आयोजना र जनप्रतिनिधि मिलेर जथाभावी डोजर चलाउँदा १८ परिवारलाई प्रत्यक्ष असर पुगेको शेर्पाको भनाइ छ ।

जिल्लाको उत्तरगया गाउँपालिका–१ मा निर्माण भइरहेको १४.३ मेगावट क्षमताको आयोजनाले सडक निर्माणको काम मात्रै गरेको छ । आयोजनाले माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै आइतबार आयोजनाको निर्माणस्थलमा जाने सडक अवरुद्ध गर्ने र वडा कार्यालय बन्द गराउने प्रभावितले चेतावनी दिएका छन् ।

Advertisement

प्रतिक्रिया