प्रदेश राजधानी र नामाकरणमा सहमति जुटाउने प्रयास
हेटौंडा । प्रदेशको राजधानी र नामाकरणका बारेमा पार्टीले गरेको निर्णयमा साझा धारणा बनाउन नेकपा प्रदेश ३ को संसदीय दलको बैठक शुक्रबार बसेको छ ।
नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्ने निर्णय गरेपछि सत्तारुढ दलभित्र कै प्रदेशसभा सदस्यहरुबीच मतभेद उत्पन्न भएको छ । प्रदेश सभामा नेकपाको बहुमत रहेपनि सत्तारुढ दलभित्रै मतभेद रहँदा लामो समयदेखि प्रदेशको राजधानी र नामको टुङ्गो लगाउन सकेको थिएन ।
पार्टीको निर्णयलाई कार्यान्वयन गर्न संसदीय दलभित्रका सांसदहरुबीच साझा धारणा बनाउने विषयमा छलफल केन्द्रित भएको नेकपा ३ नम्बर प्रदेशसभाका मुख्य सचेतक रामेश्वर फुयाँलले बताए । पुस २१ गते हुने प्रदेशसभाको बैठक अघि प्रदेश राजधानी र नामाकरणमा साझा धारणा निर्माण गर्न नेकपा संसदीय दल अग्रसर भएको हो ।
बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले असन्तुष्टीहरुलाई पन्छाएर नेतृत्वको निर्णय कार्यान्वयन गर्नु सबैको दायित्व रहेको बताएका थिए । मुख्यमन्त्री पौडेलले पार्टी नेतृत्वले सुझबुझका साथ गरेको निर्णयलाई प्रदेशका सदस्यहरुले एकमतका साथ कार्यान्वयन गर्नुपर्ने बताए ।
संसदीय दलमै सबै विषयमा छलफल गरेर साझा धारणा बनाएर जाँदा प्रदेशसभामा अलमल नहुने उनको भनाइ थियो ।
बैठकमा २४ जना सांसदले आफ्ना बिचार राख्न नाम टिपाएका छन् । बैठक भोली शनिबार पुनः बस्ने गरी स्थगित भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया