काठमाडौंको ट्राफिक जाम हटाउन विशेष योजना ल्याउँछु–गृहमन्त्री
काठमाडढौं, ११ चैत– गृहमन्त्री रामबहादुर थापाले आर्थिक समृद्धि र विकास मुलुकको आवश्यकता रहेको बताएका छन् ।
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको नेपाल चेम्वरको एक प्रतिनिधिमण्डलसँंग आइतबार गृह मन्त्रालयमा भएको भेटघाटमा मन्त्री थापाले यसका लागि चेम्वरको सहयोगको आशा व्यक्त गरे ।
मुलुकलाई समृद्ध बनाउ चेम्वरसँंग सहकार्र्य गरेर अगाडि वढने उनले बताए । गृहमन्त्रीले उद्योगी र व्यावसायीहरुको सुरक्षाका लागि गृह मन्त्रालय प्रतिवद्ध रहेको बताए ।
नेपालमा लगानीको वातावरण सृजना गर्र्नेतर्फ मन्त्रालयले आवश्यक सवै सुरक्षाको वन्दोवस्त मिलाउने गृहमन्त्रीले बताए ।
मुलुकभित्रै प्रसस्त उद्योगधन्दा सञ्चालन गरी रोजगारीको सृजना गर्नेगरी औद्योगिक क्रान्ति आवश्यक रहेको गृहमन्त्रीको भनाइ थियो ।
कामका लागि दैनिक विदेश जाने नेपाली जनशक्तिलाई स्वदेशमै रोजगारीको बातावरण बनाउन स्वदेशमा लगानी तथा उद्योगधन्दा सञ्चालन हुनुपर्नेमा गृहमन्त्रीले जोड दिए । काठमाडौंको ट्राफिक जामको समस्या हटाउन मन्त्रालयले विशेष पहल थालेको जानकारी गृहमन्त्रीले दिए । चेम्वरले दिएको सुझाबहरुलाई यथाशिघ्र सम्वोधन गर्ने प्रतिवद्धता उनले जनाए । भेटघाटमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योग व्यवसायीको विविध क्षेत्रमा देखिएका समस्याबारे मन्त्री थापाको ध्यानाकर्षण गराएका थिए ।
उनले व्यापारीसँंग जवरजस्ती चन्दा, आर्थिक सहयोग माग्ने प्रबृति अन्त हुनुपर्ने खाँंचो औल्याए ।
ढुवानीमा हुने गरेको कार्टेलिंगलाई हटाउनुपर्ने आवश्यकता पनि उनले राखे । नेपाल र चीन नाकामा हुने विविध समस्याहरुबारे विशेष ध्यानाकर्षण गराउँंदै उनले ती क्षेत्रमा सहज आवागमन हुनुपर्ने बताए ।
प्रतिनिधिमण्डलमा चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरु कमलेश कुमार अग्रवाल, दीपककुमार मलहोत्रालगायतका चेम्वरका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु सहभागी थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया