रसुवागढीबाट खाद्य सामग्री निर्यात ठप्प

विदुर खबर २०७६ पुष १७ गते १९:१५

रसुवा  । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट खाद्य सामग्री निर्यात ठप्प भएको छ । नेपाली खाद्य सामग्रीको लेबलिङ चिनियाँ भाषामा हुनुपर्ने सर्त राख्दै चिनियाँ पक्षले निर्यात गर्न दिएको छ ।

Advertisement

नेपाली खाद्य सामग्रीको निर्यात गएको साउनदेखि रोकिएको छ । सामग्री निर्यात रोकिएको भएपनि नेपाली पक्षले उचित पहल गरेको छैन । चिनियाँ भाषामा मात्र लेबलिङ गरिएको खाद्य सामग्री नेपाली पक्षले फिर्ता गर्न थालेपछि चिनियाँ पक्षले पनि सोही सर्त राखेको हो ।

नेपाली खाद्य सामग्रीको विकल्पमा भारतबाट सामग्री जान थालेको व्यापारीले बताएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका गुम्बाहरूमा नेपाली दाल र घ्युको माग उच्च छ । साउनदेखि सामग्री निर्यात रोकिएका कारण भारतको सिक्किमबाट दाल र घ्यु जाने क्रम बढेको व्यापारी मुकुन्द पौडेलले बताए ।

Advertisement

साउनअघिसम्म दाल, घ्यु, चाउचाउ, बिष्कुट, चिउरालगायतका सामग्री निर्यात भइरहेको थियो । रसुवागढी नाका औपचारिक रूपमा सञ्चालनमा आउनुपूर्व नै खाद्य सामग्री जाने गरेको थियो ।

सडक निर्माण नभएको समयमा पनि मैदा, चिउरा, चिनी लगायतका सामग्री निर्यात भइरहेको थियो । चिनियाँ भाषामा मात्र लेखिएको सामग्री आएमा फिर्ता गर्ने गरेको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए ।

Advertisement

प्रतिक्रिया