रसुवागढी नाकाबाट पहिलो दिन ९२ चिनियाँ पर्यटक भित्रिए
रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय नाका रसुवागढीबाट भित्रने पर्यटकलाई स्वागत गरेर नेपाल भ्रमण वर्ष २०२० को सुरुवात गरिएको छ। पहिलो दिन नाकाबाट ९२ चिनियाँ पर्यटक नेपाल भित्रिएका छन्।
जिल्ला समन्वय समिति र गोसाइँकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा स्वागत गरिएको हो। पाँच वर्षदेखि यो नाकाबाट पर्यटक आउने क्रम बढेको कारण रसुवागढीमा कार्यक्रम सञ्चालन गरिएको हो। पछिल्लो समय रसुवागढी नाकाको प्रयोग गरेर आउने तथा जाने पर्यटक बढेका छन्। नेपालको तेस्रो पर्यटकीय क्षेत्र रहेको यो जिल्लामा भ्रमण गर्न आउने पहिलो पर्यटकलाई गाउँपालिकाले गाडी तथा खानाको व्यवस्था गरेको छ।
वार्षिक रूपमा यो नाकाबाट ५० हजारको हाराहारीमा पर्यटक आवतजावत गर्छन्। पर्यटकहरूको स्वागतका लागि स्थानीयहरूले आफ्नो संस्कृतिअनुसारको नाचगान गरेर स्वागत गरेका थिए। त्यसैगरी जिल्लाका पाँचवटै गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेका छन्। जिल्लामा पर्यटक भित्राउन तथा आएका पर्यटकको बसाई लम्बाउनका लागि गाउँपालिकाले विभिन्न योजना बनाएका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया