अखिल नेपाल किसान महासंघ रसुवाकाे जिल्ला कमिटी गठन

विदुर खबर २०७६ पुष १५ गते १९:४९

नुवाकोट  ।  अखिल नेपाल किसान महासंघ रसुवाकाे जिल्ला कमिटी गठन भएको छ ।

Advertisement

स्थानीय निकायमा संयाेजक र सह संयाेजकहरू जिल्ला कमिटीमा रहने गरि गठन भएको हाे । जिल्ला संयाेजक रेबतीप्रसाद अर्यालकाे संयाेजकत्यामा १२ सदस्यीय जिल्ला कमिटी बनेको हाे । रसुवा कालिकास्थानमा भएको भेलाले जिल्ला सह संयाेजकमा चुडामणिा पाैडेल चयन भएका छन् ।

यस्तै गरि कालिका गाउँपालिका संयाेजक अणप्रसाद अर्याल, सह संयाेजक भवानी शंकर देवकोटा चुनिएका छन् । उत्तरगया गाउँपालिका संयाेजक महेश्वर लामिछाने, सह संयाेजक चुपप्रसाद न्याैपाने, नाैकुन्ड गाउँपालिका संयाेजक खिलनाथ पाैडेल, सह संयाेजक न्याेसिंङे लामा, गाेसाईकुण्ड गाउँपालिका संयाेजक साेनाम ग्याल्वाे घले, सह संयाेजक दाेर्जे तामाङ र अामाछेदाेग्ङे गाउँपालिका संयाेजक दावानुर्पु तामाङ र सहसंयाेजक संगम लामा चयन भएका छन् ।

Advertisement

पदाधिकारी एवं सदस्यीय हरूलाई महासंघ ३ नं प्रदेश संयाेजक रामप्रसाद दाहालले सफथग्रहण गराउनु भएको हाे । नुवाकोटका महासंघ संयाेजक यमकुमार खाती,  नेपाल कम्युनिस्ट पार्टी नेकपा रसुवाका माधवप्रसाद लामिछाने, भवानीप्रसाद न्याैपाने, अर्जुन देवडा, सावित्री पुडासैनी, लगायतका नेताहरू ले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

प्रतिक्रिया