रसुवामा ९० प्रतिशत भुकम्पपिडीतले लिए तेस्रो किस्ता

विदुर खबर २०७६ पुष १४ गते २०:४०

रसुवा । रसुवामा९० प्रतिशतले तेस्रो किस्ता लिएका छन् ।

Advertisement

भुकम्पपछि रसुवामा निजि आवास पुननिर्माण समय सकिन लागेको अवस्थामा ९०.३५ प्रतिशतले तेस्रो किस्ता बुझिसकेका छन् जिल्ला भर १२ हजार ५ सय ७८ लाभग्राही छन् ।ती मध्ये ११ हजार ८ सय ७६ लाभग्राहीसँग अनुदान सम्झौता भइसकेको छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार कार्यालय रसुवाको अनुसार ११ हजार ८ सय १९ ले पहिलो ,११ ह्जार ३ सय ५६ ले दोस्रो र १० हजार ७ सय १७ ले तेस्रो किस्ता बुझेको र ९४.४१ सँग सम्झौता भएको हो । सम्झौता गरेको मध्ये ९९.५२ पहिलो, ९५.६२ ले दोस्रो र ९०.२४ प्रतिशतले तेस्रो किस्ता लिएका हुन् ।

Advertisement

२७ वडा मध्ये १४ वटा वडामा ९० प्रतिशत भन्दा बढी निजि आवासको निर्माण सकिएको छ । उत्तरगया गा.पा.को ३ र ४ वडाको ९० प्रतिशत आमाछोदिङमो गा.पा. को १ नम्बर वडा, नौकुण्डको ६ वटै वडा, कालिकाको १ देखि ४ सम्मको वडा, गोसाइकुण्ड गा.पा.को १ नम्बर वडा आवास निर्माण भइसकेका छन् भने गुनासो १ हजार ७ सय ७८ जनाले गुनासो फर्म भरेकोमा त्यस मध्ये ९ सय ६३ जनाको गुनासो फर्छौट भएर आइसकेको छ ।

त्यसमा एक सय ६२ पुननिर्माण लाभग्राही कायम भइसकेका छन् । ३२ जनाको सामान्य मर्मत सम्भार गर्नुपर्ने देखिन्छ । ७ सय ५६ जना लाभग्राहीको सुचिमा परेको इकाइ प्रमुख लेखनाथ पोखरेलले बताउनु भयो ।

Advertisement

प्रतिक्रिया