रसुवाको ग्रामीण भेगमा आँखा क्लिनिक स्थापना

विदुर खबर २०७६ पुष १२ गते १७:५३

रसवा ।जिल्लाको कालिका गाउँपालिका को कार्यालयमा कालिका ग्रामिण आँखा क्लिनिक स्थापना गरेको छ ।

Advertisement

नेपाल आँखा कार्यक्रम/तिलगंगा आँखा प्रतिष्ठान र जिल्ला सामुदायीक आँखा केन्द्र रसुवा तथा कालिका गाउँपालिका द्धारा संयुक्त रुपमा सञ्चालन गरिएको उक्त क्लिनिक स्थापना गरिएको हो । ग्रामिण भेगका आम जन्तालाई अन्त नगइ गाउँपालिकामा नै सेवा सुविधा दिने उद्देश्यले सञ्चालनमा लयाइएको जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख सुविन्द्र ताम्रकारले जानकारी दिए ।

उक्त कार्यक्रममा गा.पा.अध्यक्ष सिता पौडेल(अधिकारी) उपाध्यक्ष भवानी न्यौपाने रेडक्रस सभापती एवम नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ , नेपाल रेडक्रस नुवाकोट का सभापति सुरत मान चित्रकार इलाका प्रहरी कार्यालय का प्रमुख लगाएत वडा अध्यक्षहरु तिलगंगा आँखा प्रतिष्ठानका कार्यक्रम अधिकृत हरिबहादुर कार्की ,आँखा केन्द्र नुवाकोटका प्रमुख संकर अधिकारी स्वयम सेविका लगायतका महानुभाव हरुको उप स्थिति रहेको थियो भने जि.स.स. प्रमुख कुल प्रसाद भट्टले उदघाटन गरेका हुन् ।

Advertisement

पौष १० गतेबाट सुरु गरिएको क्लिनिकमा ९० प्रतिशत आँखा का विरामी यहि ठीक हुने भएको छ ।अबका दिन धुन्चेमा मात्र नभई पाचै वटा गाउँपालिका मा यो कार्यक्रम सञ्चालन मा समेत ल्याइने बताइएको छ ।

प्रतिक्रिया