पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजलाई

विदुर खबर २०७६ पुष १२ गते १६:२५

दोस्रो पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ। फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो।

Advertisement

गएको वर्ष पहिलो पिपिएल फाइनलमा पोखरासँग पराजित भएको चितवनले यसपटक लिग चरणदेखि सबै खेल जित्दै उपाधि नै जित्यो। २ सय ३ रनको लक्ष्य पछ्याएको विराटनगरले  पूरा २० ओभरमा ७ विकेट जाँदा  १ सय ७० रन बनाउन मात्र बनाउन सकेको हो।  विराटनगरका लागि ओपनिङमा आएका मोहम्मद जायद आलमले ४८ बलमा ५७ रन बनाए। उनले ५ चौका ३ छक्का हाने। सुनिल धमलाले ४ बलमा ४ रन बनाए। लोकेश बम २ बलमा १ रन बनाएर आउट भए।

नोमन खान १८ बलमा १८ रन बनाउँदा रनआउट भए। पुनित मेहराले १३ बलमा ३२ रन बनाए। उनले २ चौका ३ छक्का हाने। २ बल खेलेका दिलिप नाथ शून्यमै आउट भए। कप्तान प्रदीप सिंह ऐरीले २५ बलमा ३६ रन बनाए। उनले ३ चौका १ छक्का हाने।

Advertisement

चितवनका लागि करण केसीले तीन विकेट लिए। सन्नी पटेलले दुई साथै रोहन मुस्तफाले एक विकेट लिए। यसअघि पोखरा रंगशाला क्रिकेट मैदानमा विराटनगर टाइटन्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले पूरा २० ओभर बलिङ गर्दै ५ विकेट जाँदा २ सय २ रन बनाएको थियो।

चितवनका लागि अनिल कुमार साह र रोहन मुस्तफाले अर्धशतक बनाए। अनिलले ३३ बलमा अर्धशतक बनाएका हुन्। उनले ३ चौका ३ छक्का हाने। रोहन मुस्तफाले ४२ बलमा अर्धशतक हानेका हुन्। उनले ३ चौका १ छक्का हाने।

Advertisement

चितवनका कप्तान पारस खड्काले ११ बलमा ४ चौका र १ छक्कासहित २५ रन बनाए। बाबर हयात ५ बलमा ५ रन बनाएर आउट भए। आरिफ शेखले ११ बलमा १९ रन बनाए। उनले १ चौका २ छक्का हाने। अविजित रहेका सन्नी पटेलले ८ बलमा १६ रन साथै करण केसीले ८ बलमा २६ रन हाने। विराटनगरका पुनित मेहरा र मोहम्मद जायद आलमले दुई–दुई विकेट लिए। किशोर महतोले एक विकेट लिए।

प्रतिक्रिया